+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2026-BTRBHC
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता तुरुन्त
गुनासो स्रोत चिठी
गुनासोको प्रकार स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी
सम्वन्धित कागजातहरु 1779693360_Complaint_Details_130901.pdf
गुनासो/उजुरीको संक्षिप्त विवरण हिजो राति (around 9PM) प्रदेश अस्पताल सुर्खेतमा इमर्जेन्सी र आईसीयूका बिरामीको ल्याब अनि सीटी स्क्यान (CT Scan) को पैसा तिर्ने काउन्टरमा एकदमै गैरजिम्मेवार अवस्था थियो। इमर्जेन्सी र वार्ड सबैतिरका ५०–६० जना बिरामीका आफन्त एउटै लाइनमा बस्नुपरेको थियो तर बिल काट्ने ठाउँमा जम्मा १ जना मात्र कर्मचारी हुनुहुन्थ्यो। पैसा तिर्नकै लागि १ घण्टाभन्दा बढी लाइन बस्नुपरेको थियो। इमर्जेन्सी र आईसीयूको बिरामीको लागि १-१ मिनेट महत्त्वपूर्ण हुन्छ| यस्तो लापर्बाही गर्ने जिम्मेवार व्यवस्थापन (Management) टोलीलाई कारबाही गरियोस् र इमर्जेन्सीका बिरामीका लागि छुट्टै, छिटो पैसा तिर्ने काउन्टरको व्यवस्था तुरुन्तै गरियोस्।
कार्यहरू
प्रदेश अस्पताल सुर्खेतको च.नं.२८६८ मिति २०८३/०२/११ को पत्रको जवाफ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, प्रदेश अस्पताल, वीरेन्द्रनगर ४, कालागाउँ, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल