+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2024-U22NOO
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको सात महिना पुग्न लाग्दा पनि भूकम्पपीडितले अस्थायी आवासको दोस्रो किस्ताको अनुदान पाउन सकेका छैनन््। भूकम्पले घरवारविहीन भएका जाजरकोट र रुकुमपश्चिमकै बासिन्दाले यतिबेलासम्म पुनर्निर्माण भएर स्थायी घरमा सरिसक्ने योजना बनाएका थिए। तर, सरकारले उपलब्ध गराउने घोषणा गरेको अस्थायी आवासकै दोस्रो किस्ता पाउन सकेका छैनन््। साहुऋण गरेर अस्थायी टहरा बनाएका पीडितहरू सरकारले दिने भनेको रकम नदिँदा समस्यामा परेका छन् । तर, अहिलेसम्म सरकारी निकायबाट दोस्रो किस्ताको रकम एक जनाले पनि पाउन सकेका छैनन््। सरकारले दोस्रो किस्ताका लागि पठाएको रकम जिल्ला विपत् न्यूनीकरण तथा व्यवस्थापन समितिको खातामा थन्किएको छ। झन्झटिलो कार्यविधिका कारण पालिकाहरूले अहिलेसम्म दोस्रो किस्ताको रकम माग नै गर्न सकेका छैनन््। विपद् पार्टलमा अस्थायी आवास निर्माण गरेको देखि भत्काएको घरको फोटो, वडाध्यक्षको सिफारिसलगायतका कागजात इन्ट्री गर्नुपर्ने प्रावधान राखिएको छ। जसले गर्दा कतिपयले विपद् पोर्टलमा इन्ट्री गर्ने काम नै सकेका छैनन््।
कार्यहरू
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल