+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2024-R1L4AT
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण जाजरकोटका भेरी र नलगाड नगरपालिका, कुशे र बारेकोट गाउँपालिकाका गाउँबस्तीमा खानेपानीको हाहाकार भएको छ। लामो समयसम्मको खडेरी तथा कात्तिक १७ गते गएको भूकम्पका कारण जाजरकोटमा खानेपानीको समस्या भएको हो। भूकम्पले पानीका मुहान भासिएर धारामा पानी कम आउन थालेपछि चिन्तित भएका जाजरकोटेमाथि सुख्खा खडेरीले पानीको मुहानै सुक्दा चारवटै स्थानीय तहका गाउँँबस्तीमा खानेपानीको चरम अभाव भएको छ। अहिले उनीहरूलाई कसरी पानीको जोहो कसरी गर्न सकिन्छ भन्ने चिन्ताले पिरोलेको छ । भौगोलिक विकटता भएका अधिकांश गाउँबस्तीमा करिब ५ किलोमिटरभन्दा टाढाका मुहानबाट ल्याइएका पानीका धारा सुकेपछि घरआँगनमै पाइएको सुविधाबाट वञ्चित हुन पुगेका छन् । नलगाड नगरपालिका–४ बाहुसेखोला जुम्ली गारे खानेपानीको मुहान सुक्दा १५ घरपरिवार समस्यामा परेका छन् । भूकम्पले घरवारविहीन भएर नाना खानाको जोहो कसरी गर्ने भन्ने चिन्तामा परेका नागरिकलाई घारामा आउने पानी सुकेपछि बिहान बेलुका पानीको खोजीमा गाग्री बोकेर पानी खोज्दै हिँड्नु परेको देखिन्छ ।
कार्यहरू
पक्कै पनी २०८० कार्तिक १७ को जाजरकोट भुकम्पले बारेकोट नलगाड भेरी र कुसेमा ठुलो क्षेति गरेको छ । भौतिक संरचना लगाएत प्राकृतिक वातावरणमा समेत प्रतिकुल असर पारेको छ । विशेषगरी खानेपानीको क्षेत्रमा अतुलनिय क्षेति पुगेको छ । भेरी नगरपालिकाले भुकम्प लगतै पानीको मुहान दबैको तथा खानेपानी आयोजनामा भएको क्षेतिको विवरण संकलन गरेको थियो । जममा करीब १३ बटा खानेपानी आयोजनाको मुहाननै दबैको तथा २४ बटा खानेपानी आयोजना प्रभावित भएको विवरण प्राप्त भएको थियो । भेरी नगरपालिकाले Wash plan निर्माण गरेको छ । विभिन्न संघ संस्थाको साझेदारीमा भुकम्पबाट प्रभावित आयोजना लगाएत पालिकाको १३ बटै वडामा काम गरिरहेको जानकारी गराउदछु भन्ने जानकारी प्राप्त गरी यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भेरी नगरपालिका, जाजरकोट, कुसे गाउँपालिका, जाजरकोट, बारेकोट गाउँपालिका, जाजरकोट, नलगाड नगरपालिका , जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल