+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2024-Q2VX40
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण गर्मीयाम सुरु भएसँगै कर्णालीवासी अघोषित लोडसेडिङको मारमा छन् । यहाँ ‘हावा चल्यो कि विद्युत् गायब’ हुन्छ । यो समस्या विगत तीन दशकदेखिको हो । अनियमित विशेष गरी विद्युत् र ‘लो–भोल्टेज’ले प्रदेश राजधानी वीरेन्द्रनगरको बसाइँ यतिबेला निकै सकसपूर्ण छ । Tata कर्णालीमा आउने लाइन कोहलपुर–सुर्खेत ३३ केभी हो । निकै पुरानो संरचना भएका कारण लोड पर्नासाथ विद्युत् प्रवाह अवरुद्ध हुँदा उद्योगी, व्यवसायीलगायत सबै क्षेत्रलाई समस्या भइरहेको छ । अहिले सञ्चालन भइरहेको ३३ केभी प्रसारण लाइन ०४५ सालमै विस्तार भएको संरचना हो । अहिले जीर्ण भइसकेको यही लाइनबाट कर्णालीका अन्य जिल्लामा विद्युत् सेवा विस्तार भएको छ । सबै जिल्लाको प्रमुख केन्द्रबिन्दु भनेको कोहलपुर–सुर्खेत ३३ केभी लाइन नै हो । यसको एउटा क्षेत्रमा समस्या आयो भने बाँकी सबै जिल्लामा विद्युत् अवरुद्ध हुने गरेको छ । पुरानो तथा जीर्ण संरचनाका कारण बिस्तारै हावा चल्दा पनि विद्युत् पोल ढल्ने हुन्छ । अर्को थोत्रा ट्रान्सफर्मर र पुराना संरचनाका कारण विद्युत् सेवामा समस्या आउने गरेको प्राधिकरणले बताउने गरेको छ । सुर्खेत वितरण केन्द्रका मात्रै ६० हजार उपभोक्ता छन् । सबै जिल्लाको लोड कोहलपुर–सुर्खेत मुख्य लाइनमा पर्ने हुँदा ‘लो–भोल्टेज’ को समस्या हुने गरेको छ । १३२ केभीको काम सुरु भएको लामो समय भइसक्दा पनि अहिलेसम्म प्रसारण लाइनको काम सम्पन्न हुन सकेको छैन । २०४६ साल देखिनै यो योजना अघि सारिएको हो तर यसको ०७६ बाट मात्रै सुरु भएको हो । यद्यपि यो आयोजनामा अवरोध नै अवरोधले ढिलाइ भएको छ ।
कार्यहरू
तँपाइकाे गुनासाे नेपाल विद्युत प्राधिकरण, वीरेन्द्रनगर,, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल