+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2024-MYOJ23
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण हुम्लाको नाम्खा गाउँपालिका–५, नेपाल र चीनको सिमाना हिल्सामा एक व्यक्तिको घरमा दुई वटा कार्यालय भाडामा बस्दै आएका हुन् । एउटा दुईतले भवनमा दुई वटा सरकारी कार्यालय भाडामा बस्दै आएको देखिन्छ । यसरी एउटा घरमा भाडामा बस्दै आएका सरकारी कार्यालयमा यारी नाका भन्सार कार्यालय र इलाका प्रहरी कार्यालय हिल्सा छन् । यी कार्यालयमा इलाका प्रहरी कार्यालय विगत १५ वर्षदेखि बस्दै आएको छ भने यारी नाका भन्सार कार्यालय सात वर्षदेखि बस्दै आएको छ । २०७३ सालमा हिल्सामा आफ्नो कार्यालय स्थापना भएको र चार वटा कोठा भाडामा लिएर मासिक २२ हजार रुपियाँ भाडा तिर्दै आएको र इलाका प्रहरी कार्यालयले पनि चार वटै कोठा भाडामा लिएर स्थापनादेखि नै भाडामा बस्दै आएको छ । प्रहरीले भने मासिक पाँच हजार ८१४ रुपियाँ भाडा तिर्दै आएको छ । दुवै कार्यालयले एउटै घरलाई छुट्टाछुट्टै कोठा भाडामा लिएपछि भाडादर भने फरक रहेको छ । दुई वटा कार्यालयसंगै भएका कारण काम गर्न भने कठिन हुने गरेको देखिन्छ ।
कार्यहरू
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय, हुम्ला, नाम्खा गाउँपालिका, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल