+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2024-LZDSC4
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर बसपार्कदेखि दक्षिणपूर्वी भागमा (मिलडाँडा देखि तल, वडा नं १०) तीव्ररुपमा अव्यवस्थित शहरीकरण बढिरहेको सन्दर्भमा प्लाष्टिकजन्य फोहोरहरु अत्याधिक मात्रामा थुप्रिन गई मानिसहरु प्लाष्टिक पोल्ने जलाउने गर्न थालेका छन। जसले गर्दा अत्याधिक मात्रामा प्रदुषण बढ्न गई मानिसको स्वच्छ वातावरणमा बाँच्न पाउने हक कुण्ठित भएको छ। जवकी नेपालको संविधानले नै ग्यारेन्टी गरेको छ कि प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने हक हुनेछ। यसरी जथाभावी प्लाष्टिकजन्य फोहोर पोल्ने/जलाउने कार्य गर्दा मानिसको स्वास्थमा नराम्रो असर पर्नुका साथै क्यान्सर समेत हुन सक्ने अध्ययनहरुले देखाएको छ। तसर्थ फोहोरमैला व्यवस्थापनको एकल अधिकार पाएको नगरपालिकाले निम्नलिखित उपायहरु अविलम्ब लागू गर्नुहुन अनुरोध छः- १. फोहोरमैला उठाउने गाडीहरु नियमितरुपमा उठाउन जाने गर्नुपर्यो २. प्लाष्टिकजन्य फोहोर पोल्ने/जलाउने काम गर्नेलाई आर्थिक दण्ड र जरिवाना लगाउनु पर्यो ३. फोहोरमैला पोल्नु वा जलाउनु हुदैन भनेर व्यापक प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गर्नुपर्यो ४. कुहिने र नकुहिने फोहोरलाई घरैबाट छुट्याई राख्न लगाउनुपर्यो । कुहिने र नकुहिने फोहोर नछुट्याई एकैठाउँमा मिसाउनेलाई दण्ड/जरिवाना लगाउनु पर्यो। ५. उल्लिखित बुँदाहरु कडाईका साथ लागू गर्नुपर्यो।
कार्यहरू
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल