तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 05-2024-D5QKHM |
मिति | |
स्थिति | हटाईएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | कर्णालीको कायापलट गर्ने भन्दै प्रदेश सरकारले सुरु गरेका अर्बौं बजेटका अधिकांश कार्यक्रम यहाँ अलपत्र परेका छन् । कतिपय यस्ता कार्यक्रमको अहिलेको अवस्था के छ भन्नेबारे नै प्रदेश सरकार जानकार छैन भने कतिपय कार्यक्रम उपलब्धिविहीन देखिएका छन् । तारन्तारको सरकारको नेतृत्व परिवर्तनले अघिल्ला सरकारले ल्याएका महत्त्वाकांक्षी कार्यक्रम अलपत्र पर्न थालेका हुन् । प्रदेश सरकारले बेरोजगार युवालाई गाउँमै रोजगारी दिने भन्दै आर्थिक वर्ष ०७६/७७ देखि ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ सुरु गर्यो । कार्यक्रमअन्तर्गत अहिलेसम्म करिब ६ अर्ब रुपैयाँ खर्च भइसकेको छ । तर उक्त बजेट तथा कार्यक्रमबाट कुन स्थानीय तहमा कतिले कति समय रोजगारी पाए भन्ने मुख्यमन्त्री कार्यालयमै तथ्यांक छैन । स्थानीय तहहरूले विवरण नपठाउँदा प्रदेश सरकारले रोजगारीको तथ्यांक नै यकिन गर्न नसकेको हो । प्रदेश सरकारले कर्णालीलाई अँध्यारोमुक्त बनाउन त्यही आर्थिक वर्षबाट सुरु गरेको ‘कर्णाली उज्यालो कार्यक्रम’ पनि उपलब्धिविहीन देखिएको छ । उज्यालो कार्यक्रमका लागि ३ वर्षसम्म १ अर्ब ९ लाख रुपैयाँ बजेट छुट्याइयो । तर मुस्किलले २१ प्रतिशत मात्र बजेट खर्च भएपछि लगातार दुई वर्ष बजेट रकमान्तर गरियो । संघीय सरकारले गाउँगाउँमा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न थालेपछि कार्यक्रम अलपत्र परेको हो । अहिलेसम्म प्रदेशको सरकारको यो कार्यक्रमबाट एउटा पनि लघुजलविद्युत् आयोजना पूरा हुन सकेको छैन । |
कार्यहरू |
यो गुनासो दोहोरिएको हुँदा हटाईएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|