तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 05-2024-7ME19I |
मिति | |
स्थिति | प्रक्रियामा रहेको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | जिल्ला अस्पताल मुगुमा सामान्य औषधीको समेत अभाव हुन थालेको छ। औषधी अभाव हुँदा सरोकारवाला निकायले भने यस समस्याको दीर्घकालीन समाधानमा कुनै चासो दिएका छैनन् । औषधी अभावले बिरामीको उपचार गर्न खोलिएको अस्पताल आफैँ बिरामी सैय्यामा परे जस्तै छ । सरकारले ९८ प्रकारका नि:शुल्क औषधी वितरण गर्ने भनिए पनि दुर्गम हिमाली जिल्ला मुगुमा सामान्य सिटामोलसमेत पाउन गाह्रो हुँदै आएको छ । सदरमुकाम गमगढी बजारबाट बाहिर हेर्दा चिटिक्क देखिने जिल्ला अस्पताल मुगु, सेवा सुविधाको नजरबाट हेर्दा आफैँ थला परेको छ । बिरामी परेर उपचार खोज्दै आएका मुगालीहरूले गतिल्लो उपचार नपाएको हुँदा सम्बन्धि निकायको ध्यानाकर्षण होस् । |
कार्यहरू |
विभिन्न मिति र समयमा पत्राचार गर्दा पनि हालसम्म कुनै जानकारी नआएको तथा जिल्ला अस्पताल मुगुको गुनासो अधिकारी सँग फोन सम्पर्क गर्दा फोन रिसिभ नहुने तथा हाल सम्म पनि कुनै जानकारी प्राप्त नभएको जानकारी गराउन चाहाँनछु भन्ने जानकारी प्राप्त भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
२०८१/०६/०६ गतेका दिन पत्र पठाएकोमा हाल सम्म कुनै जानकारी नआएकोले पुन पत्राचार गर्नुपर्ने भएको
छायाँनाथ रारा नगरपालिका, मुगु
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, जिल्ला हस्पिटल मुगु, गमगढी, छायाँनाथ रारा नगरपालिका, मुगुमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|