+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2024-4O2OJC
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत चिठी
गुनासोको प्रकार स्थानीय तह सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण देशको राजधानी काठमाडौंमा अहिले सुनको चर्चा छ । तर दूरदराजको मुगुमा भने चर्चा नुनको छ । मुगुमा ५ के.जी नुन पाउन एक व्यक्तिले ५ सयदेखि ५ हजार रुपैयाँ सम्म खर्च गर्नु पर्ने अवस्था आएपछि दुर्गममा सिंहदरबार व्यवहारमा पुग्न नसकेको नुनकै अभावले पुष्टि गरेको छ । नुन लिन नागरिकताको फोटाकपी बुझाउनुपर्ने बाध्यता समेत यहाँ छ । जिल्लामा रहेको एक नगरपालिका र ३ गाउँपालिकालाई लक्षित गरी आर्थिक बर्ष २०८९।०८० का लागि ३ हजार ३ सय ९० क्वीन्टल नुन जिल्लामा आए पनि हिजो आज नुनको अभाव हुन थालेको थियो । हप्ताको ३ दिन नुन कार्यालय खुल्ला गरी सोरु र खत्याडको प्रशासनको सिफारिसमा स्थानीय नागरिक लाई नागरिकताको फोटोकपी र हातको नङ्गमा रेजा लगाएर प्रति ब्यक्ति ५ के.जी नुन दिने गरिएको छ । अनुदानको सरकारी नुन खान नपाएको ५/६ बर्ष भएको र नजिकको स्थानीय बजारमा सरकारी अनुदानको ९ रुपैयाँले पाउने १ केजी नुन ६० देखि ८० रूपैयाँसम्म रुपैयाँ तिरेर खानु पर्ने वाध्यता यहाँ छ । मुगु जिल्लामा नुनको अभाव प्रत्येक बर्ष हुने गरेको छ । जिल्लामा रहेका राजनीतिक दल ,जनप्रतिनिधि र जिल्लामा रहेका सरोकारवालाहरुको केन्द्रमा पहुँच नहुँदा हरेक बर्ष मुगु लगाएत कर्णालीका सबै जिल्लामा नुन अभाव हुने गरेको छ ।
कार्यहरू
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको मिति २०८१/०२/२५ को पत्र संख्या २०८०/२०८१ (१२स) को प्राप्त पत्रानुसार नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुसार सार एउटा व्यस्क मानिसलाई वार्षिक रुपमा ६ के.जी. नुन आवश्यक पर्ने व्यवस्था रहेको र मुगु जिल्लाको २०७८ सालको जनगणना अनुसार ६७,५४९ जनालई वार्षिक रुपमा ३,८७३ क्वी नुन आवश्यकता पर्ने देखिएकोमा नुनको कोटा ढुवानीको लागि कर्पोरेशनको प्रदेश कार्यालय नेपालगञ्जलाई पत्राचार गरि सकेको र सोही पत्राचार अनुसार ४,०३९ क्वी नुन ढुवानी भई वितरण भई रहेकोमा यस मुगु जिल्लामा नुनको अभाव नरहेको भनि पत्रबाट देखिन आएको भनि जानकारी गराउन चाहान्छु। भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको मिति २०८१/०२/२५ को पत्र संख्या 2080/081 (१२स) को प्राप्त पत्रानुसार नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुसार सार एउटा व्यस्क मानिसलाई वार्षिक रुपमा ६ के.जी. ननन आवश्यक पर्ने व्यवस्था रहेको र मुगु जिल्लाको २०७८ सालको जनगणना अनुसार 67,549 जनालई वार्षिक रुपमा 3,873 क्वी नुन आवश्यकता पर्ने देखिएकोमा नुनको कोटा ढुवानीको लागि कर्पोरेशनको प्रदेश कार्यालय नेपालगञ्जलाई पत्राचार गरि सकेको र सोही पत्राचार अनुसार ४,०३९ क्वी नुन ढुवानी भई वितरण भई रहेकोमा यस मुगु जिल्लामा नुनको अभाव नरहेको भनि पत्रबाट देखिन आएको भनि जानकारी गराउन चाहान्छु। छायाँनाथ रारा नगरपालिका, मुगु
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय, मुगु, खत्याड गाउँपालिका, मुगु, सोरु गाउँपालिका, मुगु, छायाँनाथ रारा नगरपालिका, मुगु, मुगुम कार्मारोंग गाउँपालिका, मुगुमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल