+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2024-1CU3XJ
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण पश्चिम सुर्खेतका जनताको भाग्य र भविष्यसँग जोडिएको मदन भण्डारी राजमार्ग अन्तर्गत बड्डीचौर–खम्बागाडे सडकखण्डको काममा ढिलाइ भएको छ । काम सम्पन्न गरिसक्नुपर्ने समयावधि सकिन दुई महिनामात्र बाँकी छ । १३ किलोमिटर सडकलाई स्तरोन्नतिसहित कालोपत्रे गर्न जयदेवी जेभी बाँकेले ०७९ साउनबाट काम सुरु गरेको थियो । ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ लागत रहेको उक्त खण्डको काम ०८१ असार २४ मा सक्ने सम्झौता छ । यद्यपि अहिलेसम्म जम्मा ३० प्रतिशतमात्रै भौतिक प्रगति भएको छ भने ५ करोड ९२ लाख ८६ हजार ९०६ रुपैयाँ खर्च भएको छ । सङ्घीय सरकारले मदन भण्डारी राजमार्ग नामकरण गरी स्तरोन्नतिको काम जारी राखे पनि निर्माण कार्य ढिलाइ भएको भन्दै कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास निर्देशनालयले बड्डीचौर–खम्बागाडेसम्मको सडकखण्ड कालोपत्रेको काम सुरु गरेको थियो । केन्द्रले आवश्यक बजेट विनियोजन नगरिदिँदा सोही क्षेत्रका प्रदेश सभा सदस्य विन्दमान विष्टले अर्थमन्त्री भएका बेला प्रदेश सरकारबाटै बजेटको बन्दोबस्त मिलाएका थिए । तर पनि कामले अहिलेसम्म गति लिन सकेन । अहिले माटो काट्ने, माटो पुर्ने, ग्याविन, ढुङ्गाको गारो, ह्युम पाइप र ग्राभेलको काम भइरहेको छ । अहिलेसम्म कालोपत्रेको काम सुरु हुन सकेको छैन ।पश्चिम सुर्खेतका जनताको भाग्य र भविष्यसँग जोडिएको मदन भण्डारी राजमार्ग अन्तर्गत बड्डीचौर–खम्बागाडे सडकखण्डको काममा ढिलाइ भएको छ । काम सम्पन्न गरिसक्नुपर्ने समयावधि सकिन दुई महिनामात्र बाँकी छ । १३ किलोमिटर सडकलाई स्तरोन्नतिसहित कालोपत्रे गर्न जयदेवी जेभी बाँकेले ०७९ साउनबाट काम सुरु गरेको थियो । ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँ लागत रहेको उक्त खण्डको काम ०८१ असार २४ मा सक्ने सम्झौता छ । यद्यपि अहिलेसम्म जम्मा ३० प्रतिशतमात्रै भौतिक प्रगति भएको छ भने ५ करोड ९२ लाख ८६ हजार ९०६ रुपैयाँ खर्च भएको छ । सङ्घीय सरकारले मदन भण्डारी राजमार्ग नामकरण गरी स्तरोन्नतिको काम जारी राखे पनि निर्माण कार्य ढिलाइ भएको भन्दै कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास निर्देशनालयले बड्डीचौर–खम्बागाडेसम्मको सडकखण्ड कालोपत्रेको काम सुरु गरेको थियो । केन्द्रले आवश्यक बजेट विनियोजन नगरिदिँदा सोही क्षेत्रका प्रदेश सभा सदस्य विन्दमान विष्टले अर्थमन्त्री भएका बेला प्रदेश सरकारबाटै बजेटको बन्दोबस्त मिलाएका थिए । तर पनि कामले अहिलेसम्म गति लिन सकेन । अहिले माटो काट्ने, माटो पुर्ने, ग्याविन, ढुङ्गाको गारो, ह्युम पाइप र ग्राभेलको काम भइरहेको छ । अहिलेसम्म कालोपत्रेको काम सुरु हुन सकेको छैन ।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल