+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2024-0TCZT0
मिति
स्थिति दर्ता भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत चिठी
गुनासोको प्रकार आपूर्तिसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण देशको राजधानी काठमाडौंमा अहिले सुनको चर्चा छ । तर, दूरदराजको मुगुमा भने चर्चा नुनको छ । मुगुमा ५ के.जी नुन पाउन एक व्यक्तिले ५ सयदेखि ५ हजार रुपैयाँ सम्म खर्च गर्नु पर्ने अवस्था आएपछि दुर्गममा सिंहदरबार व्यवहारमा पुग्न नसकेको नुनकै अभावले पुष्टि गरेको छ । नुन लिन नागरिकताको फोटाकपी बुझाउनुपर्ने बाध्यता समेत यहाँ छ । जिल्लामा रहेको एक नगरपालिका र ३ गाउँपालिकालाई लक्षित गरी आर्थिक बर्ष २०८९।०८० का लागि ३ हजार ३ सय ९० क्वीन्टल नुन जिल्लामा आए पनि हिजो आज नुनको अभाव हुन थालेको थियो । हप्ताको ३ दिन नुन कार्यालय खुल्ला गरी सोरु र खत्याडको प्रशासनको सिफारिसमा स्थानीय नागरिक लाई नागरिकताको फोटोकपी र हातको नङ्गमा रेजा लगाएर प्रति ब्यक्ति ५ के.जी नुन दिने गरिएको छ । अनुदानको सरकारी नुन खान नपाएको ५ ÷ ६ बर्ष भएको र नजिकको स्थानीय बजारमा सरकारी अनुदानको ९ रुपैयाँले पाउने १ केजी नुन ६० देखि ८० रूपैयाँसम्म रुपैयाँ तिरेर खानु पर्ने वाध्यता यहाँ छ । मुगु जिल्लामा नुनको अभाव प्रत्येक बर्ष हुने गरेको छ । जिल्लामा रहेका राजनीतिक दल ,जनप्रतिनिधि र जिल्लामा रहेका सरोकारवालाहरुको केन्द्रमा पहुँच नहुँदा हरेक बर्ष मुगु लगाएत कर्णालीका सबै जिल्लामा नुन अभाव हुने गरेको छ ।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल