+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2024-XZ19KQ
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता तुरुन्त
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण जाजरकोटको खलंगास्थित जिल्ला प्रशासन कार्यालयको आँगनमा ५ वटा टेन्ट गाडिएका छन् । जहाँ एउटा त्रिपालमा प्र्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यको कार्यकक्ष छ भने अन्य त्रिपालबाट अरू शाखाको काम भइरहेको छ । ती टेन्ट र कागजातको सुरक्षाका लागि ५ जना प्रहरीले चौबिसै घण्टा सुरक्षा दिइरहेका छन् । गत कात्तिक १७ मा जाजरकोटको बारेकोट गाउँपालिका स्थित रामीडाँडा केन्द्र भएर गएको भूकम्पका कारण जिल्लाका १६ सरकारी कार्यालयका भवन पूर्ण रूपमा भत्किएपछि सेवा प्रवाह असहज भएको हो । केही कार्यालयलाई अन्य सरकारी कार्यालयमा व्यवस्थापन गरिएको छ भने ६ वटा सरकारी कार्यालयको सेवा प्रवाह त्रिपालभित्रबाटै भइरहेको छ । यसअघि जिल्ला प्रशासन कार्यालय रहेको जाजरकोट दरबार पूर्ण रूपमा भत्किएको थियो । जिल्ला प्रशासनमा दैनिक झन्डै १ सय जना सेवा लिन आउने गरेका छन् । उनीहरू त्रिपालअघि लाइन बसेरै सेवा लिन बाध्य छन् । अहिले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र वितरणको चाप धेरै रहेको कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको आवास पनि भूकम्पले भत्किएपछि कारागार कार्यालयको भवनमा व्यवस्थापन गरिएको छ ।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, जिल्ला प्रशासन कार्यालय, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल