तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 04-2024-PAZNQK |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सहजताका लागि निर्माणाधीन रारा पर्यटकीय पदमार्गको काम अलपत्र परेको छ। सम्बन्धित निर्माण कम्पनीको लापरबाहीका कारण साइकिलिङ पदमार्गको काम अलपत्र परेको हो। पर्यटन विकासको दृष्टिकोणले प्रवल सम्भावना रहेको रारामा सञ्चालित गौरवको आयोजनाको रुपमा रहेको रारा पर्यटन पदमार्ग पछिल्लो समयमा ठेकेदारको लापरबाहीका कारण ६ महिनादेखि अलपत्र परेको छ। राराको पर्यटन प्रवर्द्धनका लागि आर्थिक वर्ष ०७८/०७९ मा कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रारा पर्यटन पूर्वाधार विकास कार्यक्रमका डिभिजन वन कार्यालय मुगुले रारा पर्यटकीय पदमार्ग निर्माणका लागि ४५ करोड २९ लाख १० हजार ४ सय ७९ रूपैयाँ ६५ पैसा लागतमा पदमार्ग निर्माणका लागि ठेक्का दिएको थियो। |
कार्यहरू |
रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सहजताका लागि आ.ब. २०७६/०७७ मा "Rara Cycle Track Construction" ठेक्का सम्झौता भएको देखिन्छ। मिति २०७७/०३/२९ देखि २०७८/०९/३० सम्म कार्य सम्पन्न गर्ने (डिभिजन वन कार्यालय मुगु र शंकरमाली निर्माण सेवा प्रा.ली.) को सम्झौता बमोजिम कार्य सुचारु भएपनि हिमपातले कार्य गर्न कठिनाई भएको, Covid-19 को कारण समय समयमा देशव्यापी पुर्ण तथा आंशिक रुपमा बन्दा बन्दी (Lock Down) गर्दै आएकोले निर्माण कार्यमा ढिलाई हुन गएको, सोही बमोजिम बेला बेलामा म्याद थप गर्दै आएकोमा हाल सम्म ४० प्रतिशत भौतिक प्रगति र २६ प्रतिशत वित्तिय प्रगति गरिसकेको भनि डिभिजन वन कार्यालयले पेश गरेको कागजातबाट देखिन आएको र हाल ठेक्केदार निर्माण व्यवसायीको पुनःम्याद थपको निवेदन अनुसार २०८० असार मसान्त सम्म म्याद थप भएको भनि डिभिजन वन कार्यालयको कागजातबाट देखिन आएको भनि जानकारी गराउन चाहान्छु।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे छायाँनाथ रारा नगरपालिका, मुगुमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|