+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2024-MR7SQ7
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सपना यसवर्ष पनि अधुरै रहने भएको छ । नेपाली सेनाले जिम्मा लिएको चट्टाने भिर छिचोल्ने काम सम्पन्न भए पनि खार्पुनाथ गाउँपालिकाको खार्पु भएर बग्ने चुवाखोला कर्णाली नदीमा पुल नबन्दा हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिन नसकेको हुँदा आवश्यक कार्वाहीको लागी सम्बन्धि निकायको ध्यानाकर्षण गराउन अनुरोध छ । सदरमुकाम सिमकोटलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले कर्णाली नदीमा निर्माणाधीन पक्की पुल निर्माण कार्य सम्पन्न गर्न अझै ३/४ वर्ष लाग्ने भएकाले हाललाई वैकल्पिक पुल वा बेलिब्रिज निर्माण गरे मात्र नेपाल सरकारले यस आर्थिक वर्षमा हुम्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिने सपना पूरा हुन नत्र सपना अधुरै रहने देखिन्छ । कर्णाली करिडोर सडक अन्तर्गतको ग्युसीदेखि लालीबगर खण्डको ११.५ किलोमिटर ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको थियो । उक्त खण्डमा २.३ किमी कडा र ठूला चट्टान भएकाले ठेक्का प्रक्रियाबाट सम्भव नहुने देखिएपछि ट्र्याक खोल्ने कामको जिम्मा सेनालाई दिइएको थियो । अहिले कर्णाली करिडोरमा सबै भन्दा अफ्ठ्यारो कडा चट्टानी भाग व्युबाराकाधदेखि छारेसम्म १ किमि ट्र्याक खोल्ने काम नेपाली सेनाले सम्पन्न गरेको छ । चैत्र मसान्तसम्म सडक निर्माण कार्य सम्पन्न गरी कर्णाली करिडोर उत्तरखण्ड हिल्सा सिमकोट सडक योजनालाई हस्तान्तरण गर्ने उद्देश्यका साथ काम भइरहेको थियो । नेपाल सरकारले आर्थिक वर्ष ०६३/६४ बाट नै हुम्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने भनेर उल्लेख थियो । तर १८ औं आर्थिक वर्ष बितिसक्दा पनि सिमकोट भने अहिलेसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन ।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, सिमकोट गाउँपालिका, हुम्ला, खार्पुनाथ गाउँपालिका, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल