+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2024-JWAZIO
मिति
स्थिति प्रक्रियामा रहेको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेश कार्यालयमा कर्णालीका सबै जिल्लामा पुग्ने पाठ्यपुस्तक आए पनि जिल्लामा अझै पुग्न सकेको छैन। प्रदेश कार्यालयमा आएर पाठ्यपुस्तक विक्रेताहरुले पुस्तक नलगेका कारण जिल्लामा पुग्न नसकेको हो। केन्द्रको तालिकाबमोजिम चैत ९ गतेदेखि पुस्तक वितरण शुरु गरिएको थियो। यो आर्थिक वर्षको लागि आवश्यक पर्ने १० लाख थान पुस्तक गोदाममा ल्याइसकेको भए पनि जिल्लामा पुगेको छैन । जनक शिक्षाले जिल्लाअनुसार पालो तोकेर पुस्तक वितरण गर्ने कार्य योजना बनाए पनि उक्त कार्य योजनाभित्र किताब ढुवानी हुन सकेको छैन। कार्य योजनाअनुसार चैत ९ गते देखि १४ गतेसम्म हुम्ला र डोल्पा, चैत १५ गतेदेखि १६ गते सम्म मुगु, १७ गतेदेखि १८ गतेसम्म जुम्ला, १९ गतेदेखि २० गतेसम्म कालीकोट, २१ गतेदेखि २२ गतेसम्म जाजरकोट, २३ गतेदेखि २४ गतेसम्म दैलेख र २५, २६, २७ गते ३ दिन सुर्खेतमा पुस्तक वितरण गरिने उल्लेख छ। विक्रेताहरु पाठयपुस्तक लिन नआएपछि तोकिएको तालिकाअनुसार जिल्ला–जिल्लाका पुस्तक ढुवानी हुन सकेको छैन। केही छिटफुट मात्रामा गएपछि भोरी मात्रामा पाठ्यपुस्तक ढुवानी हुन बाँकी रहेको छ। नयाँ शैक्षिक शत्र शुरु हुनुअगावै माग अनुसारका पुस्तक गोदाममा ल्याइसकेकाले यो वर्ष पाठ्य पुस्तक अभाव नहुने बताइएको थियो ।
कार्यहरू
यस सम्बन्धमा के भएको हो खुलाइ पठाउन तथा समस्या समाधानका लागि जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेश कार्यालयमा जानकारी पठाइएको । शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रामाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल