+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2024-AKDKTV
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण गम्भीर खालका विरामीको उपचारका लागि भन्दै स्वास्थ्य सेवा कार्यालय दैलेखमा चार वर्षअघि खरिद गरिएका लाखौँका स्वास्थ्य उपकरण प्रयोगविहीन छन्। कोरोना महामारीका वेला २०७७ सालमा खरिद गरिएका भेन्टिलेटर लगायतका स्वास्थ्य उपकरण सञ्चालनका लागि जनशक्ति अभाव देखाउँदै थन्काइएको हो। खरिद गरिएका उपकरण प्रयोगमा नआउँदा विरामी उपचारका लागि सुर्खेत, नेपालगन्ज जान बाध्य छन्। २ लाख ५० हजारभन्दा बढी जनसंख्या रहेको जिल्लामा नागरिक गम्भीर विरामी परेको खण्डमा उपचार गर्ने भन्दै भेन्टिलेटर लगायतका उपकरण खरिद गरिएको थियो। २०७७ सात वैशाखमा ४६ लाख ५० हजार रुपैयाँमा खरिद गरिएका उपकरण जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको हुँदा सम्बन्धि निकायको ध्यानाकर्षण गरिदिनुहुन अनुरोध छ ।
कार्यहरू
तँपाइकाे गुनासाे स्वास्थ्य सेवा निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
दैलेख जिल्ला अस्पतालबाट जिल्लामा नागरिक गम्भीर विरामी परेको खण्डमा उपचार गर्ने भन्दै भेन्टिलेटर लगायतका उपकरण खरिद गरिएको थियो। २०७७ साल बैशाखमा ४६ लाख ५० हजार रुपैयाँमा खरिद गरिएका उपकरण जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन् भन्ने गुनासोको बारेमा खुलाइ पठाइएकाे । स्वास्थ्य सेवा कार्यालय दैलेख । स्वास्थ्य सेवा कार्यालय, दैलेख
तँपाइकाे गुनासाे स्वास्थ्य सेवा कार्यालय, दैलेखमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल