| तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | |
| ट्र्याक नम्बर | 03-2024-QNDTZ7 | 
| मिति | |
| स्थिति | फर्छ्यौट भएको | 
| गम्भीरता | जरुरी | 
| गुनासो स्रोत | मोवाईल एप | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | हुम्लाको सिमकोट हिल्सा सडकको हेक्पा खोलामा पक्की पुल निर्माण निकै ढिलाई भइरहेको छ। सम्झौता भएको सात वर्षसम्म पनि पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको लापरवाहीले पुल निर्माण ढिलाइ भएको हो। निर्माणका लागि हिल्सा सिमकोट सडक आयोजनाले २०७४ साल साउन ६ गते सपना धुलीखेल जेभीसंग सम्झौता गरेको थियो। सुरुमा दुई वर्षमा सम्पन्न गर्ने गरी पुल निर्माणको सम्झौता भएको थियो। सो अवधिमा कुनै काम सुरु नभएपछि आयोजनाले पहिलो पटक २०७६ सालमा म्याद थप गरेको थियो। आयोजनाले पटक पटक गरी चार पटक उक्त पुल निर्माणका लागि म्याद थप गरिएको छ। यसरी म्याद थप गर्दा पनि पुल निर्माण सम्पन्न हुन नसकेको कारण आयोजनाले ताकेता गरि रहेको भएपनि निर्माण कम्पनीले कामलाई तिब्रता दिएको देखिएको छैन। सो पुलको अन्तिम म्याद थपको मिति २०८० साल असार ३० गते रहेको छ। त्यसयता पुलको म्याद थप गरिएको छैन्। हालसम्म उक्त पुलको ५८ प्रतिशत भौतिक र ५७ प्रतिशत बित्तिय प्रगति भएको छ। पुलको लागत भ्याट सहित १३ करोड २९ लाख १२ हजार ५४७ रुपियाँ रहेकोमा हालसम्म आयोजनाले छ करोड ३८ लाख ६९ हजार ७२० रुपियाँ भुक्तानी लिई सकेको छ। हाल भने पुलको निर्माण कार्य रोकिएको छ। सुरुका वर्ष निर्माण सामग्री ढुवानी गर्न कठिन भएको र त्यसलगत्तै कोरोनाको कारण देखिएर निर्माण कम्पनीले काम गर्न कठिन भएको भनाई राख्दै आएकोमा दुई वर्षयता भने कुनै कारण देखाउने ठाउँ नै छैन्। निर्माण कम्पनीकै ढिलासुस्तीको कारण पुल निर्माणमा ढिलाइ भएको छ। | 
| कार्यहरू | सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधान गर्न पहल गरिएको छ। भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, सिमकोट गाउँपालिका, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 यो गुनासो प्रमाणीकरण गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 | 
 
                    