| तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | |
| ट्र्याक नम्बर | 03-2024-Q3EFNA | 
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग | 
| गम्भीरता | जरुरी | 
| गुनासो स्रोत | मोवाईल एप | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | भेरी करिडोरको एक सय १८ किलोमिटर खण्डमा निर्माण हुने पुल तथा सडक अस्तव्यस्त भएका छन् । करिब ५६ किमी खण्डमा कालोपत्रको काम भइरहेको छ भने बाँकी ६२ किमीको हालसम्म बोलपत्र आह्वान भएको छैन । नेपाली सेनाले अस्थायी ट्र्याक खोलेर सरकार लाई हस्तान्तरण गरिसकेको सडकको स्तरोन्नति नहुँदा दैनिक यस क्षेत्र भएर यात्रा गर्ने सर्वसाधारणलाई समस्या हुँदै आएको छ । जाजरकोटको पासागाडबाट नलगाड नगरपालिकाको तल्लुसम्मको कच्ची सडकमा कालोपत्रको काम यति बिल्ड्रसले गरिरहेको छ । यही सडकमा क्याराभान कन्स्ट्रक्सनले पाँच पुल निर्माण गर्नुपर्ने भएपनि हालसम्म काम नगरी अलपत्र परेका छन् । दुनै ल्यासिक्या सडक खण्डमा विसं २०७८ चैत १७ गते निर्माणको ठेक्का लगाइए पनि हालसम्म १० प्रतिशत मात्रै काम हुँदा दुनैबाट उपल्लो डोल्पा जान निकै सास्ती हुँदै आएको छ । डोल्पाको काइके गाउँपालिकाले सडक आयोजना निर्माण गर्नका लागि भेरी करिडोरलाई पटक–पटक अनुरोध गरेपनि निर्माण व्यवसायी र करिडोरले बेवास्ता गरेको देखिन्छ । त्रिदेशीय सडकका रुपमा स्थापित हुन थालेको भेरी कोरिडोर (सुर्खेत, जाजरकोट–दुनै–मरिम–तिन्जे धो) सडक भारत नेपाल र चीनलाई जोड्नुका साथै कर्णाली करिडोर र पुष्पलाल मध्यपहाडी लोकमार्गसँग जोडिएको छ । | 
| कार्यहरू | तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 यो गुनासो प्रमाणीकरण गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 | 
 
                    