तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 03-2024-OUH0C7 |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | मुगुको गमगढीदेखि खत्याड जोड्ने सडक खन्न निकुञ्जले छेकेपछि त्यहाँका स्थानीय २ दिन हिँडेर गमगढी पुग्ने गरेका छन् । अर्कोतिर खत्याड गाउँपालिकाका स्थानीयले जिप, मोटरसाइकल चढेर जानु पर्दा गमगढीबाट घुच्चीलेक हुँदै छिमेकी जिल्ला जुम्ला गोठीज्यूला बजार पुगेर त्यहाँबाट कालाकाँडा भएर गम्था माँझचौर पुग्नु पर्दा झन् मर्का हुने गरेको छ । हिमपात बर्खाको बेला अवरुद्ध हुँदा हिँडेरै ओहोरदोहोर गर्नु पर्ने बाध्यता त्यहाँका नागरिकको छ । नागरिकता बनाउन, लालपूर्जा लिन, जग्गाको कित्ताकाट र डिभिजन वन कार्यालय, सिँचाई तथा खानेपानी कार्यालय, पूर्वाधार विकास, कृषि तथा पशुसेवालगायत सरकारी कार्यालयका योजना सम्झौता गर्न बजेट भुक्तानी लिन २ दिन हिँडेरै गमगढी पुग्नु पर्दा खत्याडवासी समस्यामा परेका छन् । जिल्ला सदरमुकाम गमगढी आउन कि २ दिन हिँड्नु पर्ने कि त जुम्ला गोठीज्यूला भएर जानु पर्ने बिडम्बना रहेको छ । गमगढीदेखि राराको माथिल्लो मिलिचौरसम्मको १६ किलोमिटरसम्म जिप, मोटरसाइकलद्वारा गए पनि त्यहाँदेखि लगातार ६ घण्टा हिँडेर सेरी निगालबोट पुगेपछि मात्र स्थानीयले जिप भेट्ने गरेका छन् । खत्याड गाउँपालिकाले गम्थादेखि निगालबोट समानेसम्म सडक बनिसकेको र निकुञ्ज क्षेत्र भित्रकै करिब १७ किलोमिटर सडक खन्न बाधा अड्चनले स्थानीयले सास्ती खेप्नु परेको छ । सडक सुविधा नहुँदा गमगढी आउजाउ गर्न सारै दुःख छ ।' सेरी निगालबोटदेखि रारा माझघट्टसम्मको १३ किमि सडक निर्माणका लागि चालु आर्थिक वर्षमा पालिकाले वातावरणीय अध्ययन प्रक्रिया अघि बढाएको छ । निकुञ्ज भित्रको अप्ठेरो जंगलको बाटो हिँडेर ओहोरदोहोर गर्नु पर्दाको जोखिम, लुटपाट, वन्यजन्तुको डरैडरेले महिला, पुरुष कर्मचारी आउजाउ गर्ने गरेका छन् । |
कार्यहरू |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, खत्याड गाउँपालिका, मुगुमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|