+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 03-2024-M3CT4N
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण कालीकोट जिल्लाको तिलानदीमा पक्की पुल निर्माण गर्ने काम अत्यन्तै सुस्त छ । सेरी पान्तडी सडक खण्ड र कर्णाली राजमार्ग जोड्ने पक्की पुलको ठेक्का सम्झौताको समयसीमा सकिएको भए पनि तिला नदी माथिको पान्तडी पक्की पुल निर्माणका लागि ठेक्का भएको चार वर्ष हुँदा समेत काम सुरु भएको छैन । पक्की पुल निर्माण गरी सक्ने समय सकिएको अहिले ९ महिना भयो। आर्थिक वर्ष २०७७/०७८ मा ठेक्का भएर २०७७ चैतमा ठेक्का सम्झौता भए पनि अहिलेसम्म काम नै सुरु भएको छैन। पुल महाशाखा काठमाडौंले ठेक्का लगाएर सम्झौता गरेको चार वर्ष पुगेको छ। २०७७ चैत १२ गते महादेव खिम्ती निर्माण सेवा काठमाडौंले ८ करोड ३९ लाख लागतमा पुल बनाउने सम्झौता गरेको थियो। उक्त सम्झौता पत्रमा २०८० असार १२ गते पुल निर्माण गरिसक्ने उल्लेख गरिएको छ। पुल बनाउने निर्माण कम्पनी अहिलेसम्म पान्तडी पुगेको छैन। प्रायः कालीकोटका गौरवका योजनाहरू यसरी नै अलपत्र पारिएको छ। यस अघि खुलालुको पक्की पुल १७ वर्षपछि निर्माण कार्य सम्पन्न भयो। कालीकोटका विभिन्न विकासे काममा निर्माण व्यवसायीले ढिला सुस्ती गदै आएका छन्। प्रायः कालीकोटका गौरवका योजनाहरू यसरी नै अलपत्र पारिएको छ। यस अघि खुलालुको पक्की पुल १७ वर्षपछि निर्माण कार्य सम्पन्न भयो। कालीकोटका विभिन्न विकासे काममा निर्माण व्यवसायीले ढिलाइ सुस्ती गदै आएका छन्।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल