+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 03-2024-IQIHFE
मिति १४ चैत्र २०८०, बुधवार
स्थिति हटाईएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण सल्यानको कालीमाटी गाउँपालिकाभित्रका सामुदायिक वनमा लाखौं रुपैयाँका सालका काठ घाटगद्दी तथा जंगलमा कुहिँदै गएका छन् । सालको काठ निकासी प्रक्रिया जटिल भएको र केही सामुदायिक वनमा विवाद भएकाले घाटगद्दी गरेका काठ कुहिँदै गएका हुन् । गोलिया बनाएर राखेका र ढलापडा रूख सामुदायिक वन तथा सम्बन्धित निकायले बिक्री गर्न नसक्दा लाखौं रुपैयाँको राजस्व खेर गइरहेको छ । कालीमाटीका सात वडामा करिब ३ हजार हेक्टर क्षेत्रफल वनमा साल, साज लगायतका रूख छन् । यसमा ६२ सामुदायिक वन छन् । वडा नम्बर ४, ५, ६ र ७ का ९ वटा सामुदायिक वनमा १० हजारभन्दा बढी गोलिया बनाएर घाटगद्दी गरेको छ भने सडक खन्दा तथा बर्खाका बेला बाढीपहिरोले बगाएका सयौं रूख त्यत्तिकै ढलापडाको अवस्थामा छन् । विभिन्न सामुदायिक वनका ठाउँ–ठाउँमा १० हजारभन्दा बढी सालका गोलिया काठ घाटगद्दी गरी राखिएको छ । वडा नम्बर ५ का दुई स्थानका सामुदायिक वन र ठेकेदारबीच कुरा नमिलेको र अन्यमा प्रक्रिया नै जटिल भएपछि साल र साजका काठ कुहिएर खेर गएको हुँदा आवश्यक कार्वाहीको लागी सम्बन्धि निकायको ध्यानाकर्षण होस् । सरकारले सालका रूख काट्न र ढलेपडेका रूखसमेत मनपरी बिक्री गर्न नपाइने कानुन बनाएको र बिक्री गरेकालाई कडा कारबाहीको व्यवस्था गरेपछि सामुदायिक वनहरूले समेत ढलेपडेका साल, साजका रूख बिक्री गर्ने आँट गर्न सकेका छैनन् । वनमा ढलपडा रहेका करिब ४० लाखका ५ हजार ५ सय क्युफिट साल, साज, अस्नाका गोलिया घाटगद्दी गरेर राखे पनि विभिन्न किसिमका अवरोधले बिक्री गर्न नसक्दा कुहिन थालेको हो । घाटगद्दी गरेर राखेका काठ बिक्री गर्नलाई प्रक्रिया अगाडि बढाउँदै आए पनि पूर्णता पाउन सकेको छैनन् । विगतमा पालिकाभित्रको केही सामुदायिक वनबाट मिलेमतोमै ढलापडा तथा हरियो सालका रूख काटेर चोरी भएको सुन्न सकिन्थ्यो । सामुदायिक वनमा प्रशस्त मात्रामा साल र साजको काठ भए पनि कानुनी असहजताका कारण उपभोक्ताले घर बनाउँदा समेत काठ सहजै पाउन नसकेको गुनासो छ । स्थानीय तह तथा संघीय सरकारलाई राजस्व संकलन हुने र त्यत्तिकै कुहिएर खेर गएका काठ सदुपयोग हुने भनेर पालिकाले बिक्री गर्ने प्रक्रिया अगाडि बढाउन खोजे पनि सकेको छैनन् । पालिकाका विभिन्न स्थानमा बस्ती विकास सँगै पक्की भवन बनिरहेका छन् । स्थानीय सामुदायिक वनमा कुहिएर खेर गइरहेका रूख तथा काठ बिक्री गरे स्थानीयलाई धेरै राहत हुन्थ्यो ।
कार्यहरू
२४ अषाढ २०८१, सोमवार
यो गुनासो दोहोरिएको हुँदा हटाईएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
२८ बैशाख २०८१, शुक्रवार
तँपाइकाे गुनासाे कालिमाटी गाउँपालिका, सल्यानमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
२६ चैत्र २०८०, सोमवार
यो गुनासो दोहोरिएको हुँदा यो गुनासो हटाईएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
२६ चैत्र २०८०, सोमवार
यो गुनासो दोहोरिएको हुँदा यो गुनासो हटाईएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
२६ चैत्र २०८०, सोमवार
यो गुनासो दोहोरिएको हुँदा यो गुनासो हटाईएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
१५ चैत्र २०८०, बिहिवार
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
१५ चैत्र २०८०, बिहिवार
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
१५ चैत्र २०८०, बिहिवार
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
१५ चैत्र २०८०, बिहिवार
यो गुनासाे प्रमाणीकरण गरिएकाे छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
१४ चैत्र २०८०, बुधवार
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल