| तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | |
| ट्र्याक नम्बर | 03-2024-IBMYYE | 
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग | 
| गम्भीरता | जरुरी | 
| गुनासो स्रोत | मोवाईल एप | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | चिकित्सक नहुँदा कर्णाली प्रदेश अस्पतालको न्यूरो सेवा प्रभावित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएका डाक्टर हाजिर हुन नआएपछि अस्पतालको न्यूरो (नसासम्बन्धी) सेवा प्रभावित भएको हो । विगत तीन वर्षदेखि काम गर्दै आएका न्यूरोलोजिस्ट डा.निलम खड्का काजमा ट्रमा अस्पताल काठमाडौँ फर्किनुभएको छ । कर्णाली प्रदेश अस्पतालका लागि मन्त्रालयले पठाएको चिकित्सक अहिलेसम्म हाजिर भएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले २०८० भदौ १७ गते न्यूरोलोजिस्ट डा.ओमविक्रम शाह, डा.प्रभात झा, डा.सुतप यादव र डा.चित्रराज शर्मालाई कामकाजका लागि प्रदेश अस्पताल, सेती प्रादेशिक अस्पताल र नारायणी अस्पताल पर्सामा खटाएको थियो । जसमध्ये पहिलो ६ महिना डा.प्रभात र डा.चित्रराज प्रदेश अस्पतालमा हाजिर भएर गइसक्नुभएको छ । अहिले प्रभात नारायणी अस्पताल पर्सामा हुनुहुन्छ भने चित्रराज सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत रहनुभएको छ । त्यस्तै पहिलो ६ महिना नारायणी अस्पताल पर्सामा हाजिर हुनुभएका डाक्टरद्वय ओमविक्रम र सुतप हालसम्म पनि प्रदेश अस्पताल सुर्खेतमा हाजिर हुनुभएको छैन । जसका कारण अस्पतालको न्यूरो सेवा प्रभावित भएको देखिन्छ । | 
| कार्यहरू | तँपाइकाे गुनासाे स्वास्थ्य सेवा निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, प्रदेश अस्पताल, वीरेन्द्रनगर ४, कालागाउँ, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 यो गुनासाे प्रमाणीकरण गरिएकाे छ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 | 
 
                    