+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 03-2024-GQ5UJQ
मिति
स्थिति हटाईएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण रुकुम जिल्लाको मुसिकोट नगरपालिकाको बडीगाढ खोलामा पुल निर्माण अझै भएको छैनन् । सात बर्ष बित्दा समेत अहिलेसम्म खोलमा पुल बन्न सकेको छैन। पुल बन्ने आसैआसमा स्थानीयले सात वर्ष बिताइसकेका छन् । तर, पुल बन्ने कुनै सुरसार छैन । विसं २०७३ मा तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मी मार्फत वाईटी जयबुद्ध कन्ट्रक्सन प्रालिले पाँच करोड १७ लाख रुपैयाँको लागतमा झेँदीमा पक्की पुल निर्माणको सम्झौता गरेको थियो। सम्झौताअनुसार पुल निर्माण शुरू पनि भयो। तर त्यही क्रममा दुई पटकसम्म पुल भाँचिएको थियो । जसका कारण हालसम्म पनि पुल निर्माण सकिएको छैन। दुई पटकसम्म ढलान गर्दैगर्दाको पुल भाँचिएपछि हाल डिजाइन परिवर्तन गरी तेस्रो पटक निर्माण शुरू गरिएको छ। डिजाइन परिवर्तन पछि स्टल ट्रस ब्रिज निर्माण शुरू गरिएको हो। मुसिकोटको झेँदीमा निर्माण हुन लागेको उक्त पुल वडागाउँ र वामी जोड्ने पालिकाको मुख्यद्वार मानिन्छ। लामो समयसम्म पनि पुल निर्माण नहुँदा त्यस क्षेत्रका मानिस कहिले पुल निर्माण होला भनेर पर्खाइमा छन्। स्वीस सरकारको चार करोड १४ लाख ४४ हजार ७२२ रुपैयाँको आर्थिक सहयोगमा गत वर्ष देखि जलप कन्ट्रक्सन प्रालिले निर्माणको काम गरेको थियो ।
कार्यहरू
उजुरी मुसीकोट नगरपालिका रुकुम पश्चिमको नभइ मुसीकोट नगरपालिका गुल्मी जिल्लाको भएको हुँदा सम्बन्धित निकायमा पठाउन हुन अनुरोध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे मुसिकोट नगरपालिका, रूकुम(पश्चिम)मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासाे प्रमाणीकरण गरिएकाे छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल