+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 03-2024-72RBGM
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण कालीकोटको रास्कोट नगरपालिकाले कमिसनको लोभमा निजी गाडी भाडामा लिएर चलाइरहेको छ । नगरपालिकाको आफ्नै दुई वटा गाडी भए पनि स्कारपियो गाडी भाडामा लिएर चलाइरहेको छ । नगर प्रमुख धर्मराज शाहीले सेतो नम्बर प्लेटको सरकारी गाडी भन्दा पनि रातो प्लेटको गाडी चढेको पाइएपछि बुझ्दै जाँदा मासिक एक लाख ८० हजारमा स्कारपियो गाडी भाडामा लिएर चलाएको पाइएको हो । नगरपालिकाको आफ्नै दुई वटा गाडी छन् । आफ्ना गाडी थन्काइएका छन् । तर, मासिक एक लाख ८० हजार रुपियाँमा भाडामा चलाइरहेको देखिन्छ । गत कात्तिक महिना देखि भाडाको गाडी चलाइरहेको हो । भाडाको गाडी चलाउँदा वर्षमा २१ लाख ६० हजार नगरपालिकाको बजेट खर्च भइरहेको हुँदा आवश्यक कायार्थ गर्नु हुन ध्यानाकर्षण गराइन्छ । वार्षिक करिब नौ लाखको इन्धन र २१ लाख ६० हजार गाडीको भाडा गरेर न्यूनतम वार्षिक रूपमा रास्कोट नगरपालिकाले ३० लाख ६० हजार नगरपालिकाले भुक्तानी गदै आएको छ । सरकारी गाडी बनाउन छोडेर भाडामा लिनुमा कमिसनको चक्कर भएको प्रष्ट छ । आफ्नै नातेदारको गाडी भाडामा लिएर कमिसन लिने गरी भाडामा लिएको पाइएको हुँदा सम्बन्धि निकायको ध्यान जानू आवश्यक देखिन्छ ।
कार्यहरू
तँपाइकाे गुनासाे रास्कोट नगरपालिका, कालिकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल