| तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | |
| ट्र्याक नम्बर | 03-2024-3D3V73 | 
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग | 
| गम्भीरता | जरुरी | 
| गुनासो स्रोत | मोवाईल एप | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | हुम्लाबाहेक कर्णाली प्रदेशका ९ जिल्लामा नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन जडान गरेको छ । तर कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारमा अवरोधै अवरोध हुँदा विद्युत् सुविधाभन्दा बढी सास्ती भोग्दै आएका छन् । ०४५ सालमा राजा वीरेन्द्र सुर्खेत आउँदा सुर्खेतसम्म जोडिएको ३३ केभीएकै लाइन दैलेख, जाजरकोट, जुम्ला, कालीकोट, रुकुम, सल्यान, मुगु र डोल्पासम्म जोडिएको छ । तर कर्णालीवासी सुर्खेतमा ३५ वर्षदेखि ३३ केभीए क्षमताकै बिजुलीको भरमा छन् । १३२ केभी प्रसारण लाइन विस्तारका क्रममा बर्दिया राष्ट्रिय निकुञ्जले रूख कटानबापत जग्गा नै दिनुपर्ने भनेपछि कर्णालीमा विद्युत् विस्तारको काममा लामो समयदेखि ढिलाइ भएको हो । अहिलेसम्म झन्डै ६३ बिघा जग्गा खरिद गरी निकुञ्जलाई दिए पनि रूख कटानका लागि निकुञ्ज विभागसँग सम्झौता हुन बाँकी हुँदा काममा ढिलाइ भइरहेको छ । | 
| कार्यहरू | तँपाइकाे गुनासाे नेपाल विद्युत प्राविधिकरण, काठमाडौंमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 यो गुनासो प्रमाणीकरण गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 | 
 
                    