+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 03-2024-12L7ZM
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरी करिडोरको एक सय १८ किलोमिटर खण्डमा निर्माण हुने पुल तथा सडक अस्तव्यस्त भएका छन् । करिब ५६ किमी खण्डमा कालोपत्रको काम भइरहेको छ भने बाँकी ६२ किमीको हालसम्म बोलपत्र आह्वान भएको छैन । नेपाली सेनाले अस्थायी ट्र्याक खोलेर सरकार लाई हस्तान्तरण गरिसकेको सडकको स्तरोन्नति नहुँदा दैनिक यस क्षेत्र भएर यात्रा गर्ने सर्वसाधारणलाई समस्या हुँदै आएको छ । जाजरकोटको पासागाडबाट नलगाड नगरपालिकाको तल्लुसम्मको कच्ची सडकमा कालोपत्रको काम यति बिल्ड्रसले गरिरहेको छ । यही सडकमा क्याराभान कन्स्ट्रक्सनले पाँच पुल निर्माण गर्नुपर्ने भएपनि हालसम्म काम नगरी अलपत्र परेका छन् । दुनै ल्यासिक्या सडक खण्डमा विसं २०७८ चैत १७ गते निर्माणको ठेक्का लगाइए पनि हालसम्म १० प्रतिशत मात्रै काम हुँदा दुनैबाट उपल्लो डोल्पा जान निकै सास्ती हुँदै आएको छ । डोल्पाको काइके गाउँपालिकाले सडक आयोजना निर्माण गर्नका लागि भेरी करिडोरलाई पटक–पटक अनुरोध गरेपनि निर्माण व्यवसायी र करिडोरले बेवास्ता गरेको देखिन्छ । त्रिदेशीय सडकका रुपमा स्थापित हुन थालेको भेरी कोरिडोर (सुर्खेत, जाजरकोट–दुनै–मरिम–तिन्जे धो) सडक भारत नेपाल र चीनलाई जोड्नुका साथै कर्णाली करिडोर र पुष्पलाल मध्यपहाडी लोकमार्गसँग जोडिएको छ ।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल