तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 02-2025-IRSLUY |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | अन्य |
गुनासोको प्रकार | निर्माणकार्यमा अनियमितता |
गुनासो/उजुरीको संक्षिप्त विवरण | वीरेन्द्रनगर-७ इत्राममा रहेको जिल्ला मालपोत कार्यालयबाट भोगाधिकार प्राप्त जग्गामा प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास निर्देशनालयले ट्रायल सेन्टर निर्माणका लागि दुई वर्षअघि ठेक्का आह्वान गरेको थियो । जहाँ ठेक्का स्वीकृत भएको निर्माण कम्पनीले केही कामसमेत गरिसकेको छ । तर, उक्त जग्गा अतिक्रमण गरेर बनाइएका पाँच वटा घर/टहरालाई हटाउन नसक्दा ट्रायल सेन्टर निर्माणको काम अपूरै छ । एनएस/न्यू दीपक जेभी सुर्खेतले त्यहाँ ट्रायल सेन्टर बनाउने कामको ठेक्का २०७९ माघ ११ गते पाएको थियो । भ्याटसहित कूल दुई करोड ३९ लाख ९६ हजार ५९७ रूपैयाँ २० पैसामा ठेक्का स्वीकृत भएको कम्पनीलाई २०८० असार १५ सम्म ट्रायल सेन्टर निर्माण गरिसक्नुपर्ने समयसीमा थियो । तर, जग्गा खाली नहुँदा तोकिएको समयमा काम सकिएन । थपिएको समयसीमा समेत आगामी जेठ ३० गते सकिँदैछ । जग्गा खाली नहुँदा जेठसम्म पनि ट्रायल सेन्टर निर्माण हुने कुरा अनिश्चित छ । प्रदेश सरकार, स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयले जग्गा अतिक्रमण गरेर बसेकाहरूलाई नहटाइदिँदा काम गर्न नपाएको निर्माण कम्पनीको उस्तै गुनासो छ । |
कार्यहरू |
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|