+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2025-DQC4TN
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत अन्य
गुनासोको प्रकार यातायातका साधनको बिषयमा गरिने गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण एक त राज्यकै विकट रुपमा रहेको र विकासका पुर्वाधारहरु एकदमै कमि रहेको हाम्रो कर्णाली प्रदेशमा देशकै सबै भन्दा कम सवारी साधनहरु चल्ने क्षेत्रमा दिन प्रतिदिन सवारी दुर्घटनामा नागरिकहरु मरेको मरै उच्च सवारी दुर्घटना भैरहेको सन्दर्भमा यसको दोषी को हो ? नियमन गर्ने निकाय को हुन ? किन निरीह बन्दै छ सरकार ? के नागरिकले यात्रा गर्दा मर्नै पर्ने बाध्यता किन कर्णालीमा ? सडकको जिर्ण अवस्था कहिले सम्म ? 80 किलोमीटर यात्रा गर्दा सार्वजनिक सवारिमा १००० तिर्नु पर्ने बाध्यता कर्णालीमा कहिले सम्म ? यो मेरो मात्र होइन समग्र कर्णाली बासिको पीडा हो सुतेको सरकार र सुतेको मन्त्रालयलाई म अनुरोध गर्दछु म जिम्मेवार नागरिकको हिसाबले मेरो पीडा सुनुवाइ होस धन्यवाद।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, जिल्ला प्रशासन कार्यालय, वीरेन्द्रनगर, सुर्खेत नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल