तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 02-2025-BQIH6G |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | इमेल |
गुनासोको प्रकार | स्वास्थ्य सेवा वितरण प्रभावकारी नभएको |
गुनासो/उजुरीको संक्षिप्त विवरण | निर्माण सुरु भएको लामो समयसम्म पनि कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माणको कामले गति लिन नसक्दा भाडाका घरमा औषधि भण्डारण गर्नुपर्ने बाध्यता छ । भवन निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीको लापरबाहीका कारण कर्णालीका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री लुम्बिनी प्रदेशको नेपालगन्ज र सुर्खेतमा भाडाका घरमा भण्डार हुँदै आएको छ । सझौताअनुसार २०७९ चैतमा निर्माण सम्पन्न हुनुपर्ने भवन अझै पूरा नहुँदा समस्य आएको छ । एकपटक थपिएको म्यादसमेत पूरा हुँनै लाग्दा निर्माण व्यवसायीले दोस्रोपटक म्याद थपका लागि निवेदन दिएको छ । जगदम्बा शिवालय सुपर स्टार निर्माण कम्पनीले २०७८ असोज २४ गते भवन निर्माणको जिम्मा पाएको थियो । भवनको हालसम्म ६० प्रतिशत कामसमेत हुन सकेको छैन । १० जिल्लाको औषधि आपूर्ति गर्नका लागि निर्माण थालिएको भवन समयमै निर्माण नहुँदा केन्द्रले भाडाको घरमा औषधि राख्दै आएको बताउँदै आएको छ । प्रदेश सरकारले ४१ प्रकारका औषधि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत खरिद गर्दै आएको छ । केन्द्रले खोप तथा खोप लगाउन प्रयोग गरिने अन्य सामग्री प्रदेशका १० वटै जिल्लाका स्वास्थ्य सेवा कार्यालयलाई उपलब्ध गराउँदै आएको छ । सझौताअनुसार २०७९ चैतमा निर्माण सम्पन्न हुनुपर्ने भवन अझै सकिएको छैन । जगदम्बा शिवालय सुपर स्टार निर्माण कम्पनीले २०७८ असोज २४ गते भवन निर्माणको जिम्मा पाएको थियो । सम्झौताअनुसारको अवधिमा काम नसकिएपछि म्याद थप गरिएको थियो । थप गरिएको समयावधि सकिनै लाग्दासमेत भवन निर्माणको कामले गति लिन सकेको छैन। उक्त विषयमा आवश्यक कारवाही गर्नहुन अनुरोध छ। |
कार्यहरू |
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|