तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 02-2025-AJBW5G |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | अन्य |
| गुनासोको प्रकार | पशुपंछी पालन समन्धमा |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | मुगुको कर्णाली नदीमा माछाको संख्या द्रुत रूपमा घट्दै गएको छ। । अन्धाधुन्ध शिकार, जलप्रदूषण, र जलवायु परिवर्तनका कारण नदीमा माछा पाउनै कठिन हुँदै गएको छ। अवैध रूपमा विषादी प्रयोग, विद्युतीय प्रविधिबाट माछा मार्ने, तथा जालको अत्यधिक प्रयोगका कारण माछाको प्रजनन क्षमतामा गम्भीर असर परेको छ। सरकार र सरोकारवाला निकायहरूले नदी संरक्षण र माछा संरक्षणका ठोस नीति अवलम्बन नगरे मुगुका नदीहरू माछाविहीन हुने खतरा बढेको छ। व्यावसायिक रूपमा माछा पालन नगरे पनि गमगाड खोला, खतेड खोला, तथा मुगु कर्णाली नदीमा सीमित मात्रामा माछा व्यापार चल्दै आएको थियो। तर हाल नदीमा पासो हाल्ने, जाल खेल्ने, जस्तोसुकै उपाय अपनाउँदा पनि माछा न्यून मात्रामा पाइने गर्छ । जलवायु परिवर्तनका कारण पानीमा निर्भर जीवहरूको अस्तित्वसमेत संकटमा परेको छ। मुगुका नदी र त्यहाँको जलचर संरक्षणका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नु आवश्यक देखिन्छ । |
| कार्यहरू |
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे कृषि विकास कार्यालय, मुगुमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|