तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 02-2025-AIZCUH |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | अन्य |
गुनासोको प्रकार | विपद्को समयमा हुने उद्दारमा अनियमितता |
गुनासो/उजुरीको संक्षिप्त विवरण | दुई दशकअघि गाडेका काठका बिजुलीका पोलले सल्यान जिल्लाको त्रिवेणी र छत्रेश्वरी गाउँपालिकाका दर्जन बस्ती दुर्घटनाको जोखिममा परेको हुँदा आवश्यक कार्वाहीको लागी मुख्यमन्त्री तथा मन्त्रीपरिष्द्को कार्यालय कर्णाली प्रदेशमा पठाइदिनुहुन अनुरोध छ । धेरै वर्षअघि गाडिएका काठका पोल जीर्ण तथा कुहिएर ढल्ने अवस्थामा पुगे पनि अहिलेसम्म नफेर्दा त्रिवेणी गाउँपालिकाको भुमकेज्युला, टुनीबोट, सल्लेखोला, कारागिठी, छत्रेश्वरी गाउँपालिकाको दारिमज्युला, लान्ती, शंखमुल, रानागाउँ, कारागिठी, खारखोला र डाँडासल्ले बस्ती दुर्घटनाको जोखिममा परेका हुन् । कुहिएको काठेपोलका कारण दुई पालिकाका दर्जन बस्तीका एक हजार बढी घरपरिवार प्रभावित छन् । पटक–पटक स्थानीयले सम्बन्धित निकायमा कोठेपोल हटाएर फलामको पोल गाड्न आग्रह गर्दै आए पनि अहिलेसम्म कुनै चासो नदेखाएका कारण बर्खा र हुरिबतास चलेका बेला लत्रेका तार जुधेर आगोको झिल्को निस्कने गरेको छ । ग्रामीण सामुदायिक विद्युतीकरण कार्यक्रमअन्तर्गत आव २०६२ मा त्रिवेणी गाउँपालिकाको भुमकेज्युला, टुनिबोट, मजाउखोला, दारिमज्युलापारीका बस्ती, सल्लेखोला, कारागिठी, छत्रेश्वरी गाउँपालिकाको लान्ती, दारिमज्युला, रानागाउँ, डाँडासल्ले, खारखोलामा दुई सयभन्दा बढी काठका पोल गाडिएको थियो । गाडिएका काठका पोल धेरैजसो जीर्ण भएका छन् भने कोही कुहिएर ढल्ने अवस्थामा पुगेका छन् ।उक्त विषयमा आवश्यक कारवाही गर्नहुन अनुरोध छ। |
कार्यहरू |
तँपाइकाे गुनासाे छत्रेश्वरी गाउँपालिका , सल्यान, त्रिवेणी गाउँपालिका, सल्यानमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|