+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2024-Z6EQAN
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण सल्यान जिल्लाको कालिमाटी गाउँपालिकाका वडा नं. ६ र ७ काप्रेचौरमा बत्ती बाल्नका लागि विद्युत्त प्राधिकरण सल्यानले २०७५ र २०७७ मा झन्डै ६ करोड खर्च गरी विद्युत्त लाइन विस्तार भएको तीन वर्ष बितिसक्दा पनि अहिलेसम्म बिजुली बलेको छैन । लाइन विस्तार हुँदा बत्ती बल्ने आशाले हर्षित स्थानीयबासी ३ वर्षसम्म पनि बिजुली नबलेपछि निराश छन् । सव-स्टेसनको अभाव तथा राजनीतिक दबाबमा पूर्वतयारी विना विद्युत लाइन बिस्तारको काम सम्पन्न गरेपनि प्रशारण लाइनको टुङ्गो नलाग्दा काप्रेचौरका स्थानीयले बत्ती बाल्न नपाएको हुँदा नेपाल बिद्युत प्राधिकरणको ध्यानाकर्षण गर्नु हुन अनुरोध छ । बत्ती बाल्न नपाउँदा वडा नं ६ को हात्तीढुंगा र ७ का घुईयाबारी लगायत अन्य गरी दुई वडाका ७ सय परिवार प्रभावित भएका छन् । अहिलेपनि स्थानीयहरु रातिको समयमा बत्तीको लागि सौर्य टुकी, मट्टितेलबाट बाल्ने लाल्टिन, टुकीको भर पर्न बाध्य छन् । अहिलेसम्म बस्तीमा बत्ती नपुगेपछि स्थानीयले बिभिन्न किसिमका समस्या भोग्दै आएका छन् । विद्युत्त लाइन विस्तार गरेपनि सबस्टेसनको अभावमा प्रशारण लाइन जडान गर्न नसक्दा अहिलेसम्म अन्धकारमा बस्नु परेको हो । रातिको समयमा कोही बिरामी भएमा स्वास्थ्यचौकी लैजानु परेमा धेरै समस्या हुने गरेको र शौच गर्नका लागि बाहिर निस्कन धेरै गाह्रो हुने गरेको हुँदा सम्बन्धि निकायको गम्भीर ध्यानाकर्षण गर्नुहुन य्प गुनासो टिपाइएको हो । बत्तीकै समस्या कारण रातिको समयमा बालबालिकाहरुले चाहना हुँदा हुदै पनि लामो समयसम्म पढन पाएका छैनन् ।
कार्यहरू
तँपाइकाे गुनासाे नेपाल विद्युत प्राविधिकरण, काठमाडौं, कालिमाटी गाउँपालिका, सल्यानमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएकाे छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल