+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2024-Z2FEIF
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता तुरुन्त
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण कालीकोट जिल्लाको रास्कोट नगरपालिका ७ मा रहेको पोखरीकोटमा निर्माण गरिएका नमूना बस्ती अझैसम्म सञ्चालन हुन सकिरहेको छैनन् । बाढीपहिरो पीडितका लागि निर्माण गरिएका नमूना बस्ती निर्माण पूरा भए पनि प्रयोगमा आउन नसकेको हुँदा सम्बन्धि निकायको आवश्यक कायार्थ गरियोस् । विसं २०७८ को बाढीपहिरोका कारण जोखिममा परेका रास्कोटका ७३ घरपरिवारका लागि कर्णाली प्रदेश सरकारले त्यहाँ नमूना बस्ती निर्माण गरेको थियो। नीलो जस्तापाताले सिँगारिएका एकनासका घरहरू आकर्षक देखिने पोखरीकोट बस्ती जिल्लाको पहिलो एकीकृत नमूना बस्ती रहेको देखिन्छ । एकीकृत बस्ती बिकाश कार्यक्रम सञ्चालन कार्यबिधी २०७८ को उपदफा ९ को दफा १ ले दिएको अधिकार प्रयोग गरी कर्णाली प्रदेश सरकारले उक्त बस्ती निर्माण गर्ने भनी नमुना बस्ती सञ्चालनमा आए पनि प्रयोगमा नआएको हुँदा सरोकारवाला निकायहरूलाई जवाफदेही बनाउन ध्यानाकर्षणका लागी यो गुनासो टिपाइएको छ ।
कार्यहरू
तँपाइकाे गुनासाे रास्कोट नगरपालिका, कालिकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल