+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2024-XDDFOH
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण जाजरकोटको त्रिबेणी नलगाड नगरपालिका र बारेकोट गाउँपालिका-८ को बीचमा रहेको कच्ची पुलबाट यात्रा गर्ने सबैले हरेक जीवन हत्केलामा राख्नुपर्ने अवस्था रहेको छ । यो ठाउँमा पक्की पुल निर्माण गर्न २०७८ फागुन १५ गते तत्कालीन जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले शिलान्यास गरेका थिए। नेपाल मेघा सिस्ने जेभी नेपालगञ्ज २ बाँकेले उक्त पुलको ठेक्का ३ करोड ९ लाख ८८ हजार रुपैयाँमा लिएको थियो। २०७८ साउन २९ मा सम्झौता भएको पुलको काम सक्ने मिति २०८० साउन २८ थियो। निर्माण अवधि सकिँदासम्म पुलको काम नै शुरु नभएको विषयमा पूर्वाधार विकास कार्यालय जाजरकोटले धेरैपटक पत्र पठाए पनि निर्माण व्यवसायीले वास्ता गरेको थिएनन् । मन्त्री सिंह हुँदा भएको ठेक्का अहिलेका कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले पहलकदमी नलिँदा कामले गति लिन सकेको छैनन् । सरकारले ध्यान नदिँदा त्यहाँका स्थानीय सधैँ जोखिममा बस्न बाध्य छन् । पुल निर्माणमा अवरोध आएमा स्थानीय जनप्रतिनिधिले सहजीकरण गरेर विकास निर्माणलाई तिव्रता दिनुपर्नेमा कानमा तेल हालेर चुपचाप बसेको देख्न सकिन्छ । नलगाड नगरपालिका–५ का वडाध्यक्ष र बारेकोट गाउँपालिका- ५ का वडाध्यक्षले समेत पुल निर्माणका लागि कुनै पहल गरेको छैनन् । ​प्रविण कार्की कार्यालय प्रमुख हुँदा खोलिएको ठेक्का अहिले सोहेन्दर यादव बहाल हुँदा पनि जहाँको त्यहीँ छ। मन्त्री बेदराज सिंहले पहिले ठेक्का लागेको पुललाई ओझेलमा पार्दै सेपुखोलामा बेलिब्रिज पुल निर्माण गर्न बजेट विनियोजन गर्दा साघुतरा–सिर्केको पुल निर्माण कम प्राथमिकतामा परेको थियो । सेपुखोलामा निर्माण हुने बिलिब्रिज मन्त्री सिंहको घर छेउमा छ। सेपुखोलामा बेलिब्रिज निर्माण भएमा लैखत, सेघुतराको मोटरेबल पुल ओझेलमा पर्ने देखिन्छ। दूरीको हिसाबले आधा घण्टा पैदल रहेको उक्त ठाउँमा मन्त्रीपिच्छे घर पायक बनाउँदा खोज्दा दिगो विकास हुन नसकेको हुँदा आवश्यक कायार्थ गरी पाउँ भन्ने ब्यवहोरा सहितको मेरो गुनासो रहेको छ ।
कार्यहरू
सम्बन्धित निकायसँग समन्वय तथा निर्देशन दिइएको छ। भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, पुर्वाधार विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, बारेकोट गाउँपालिका, जाजरकोट, त्रिवेणी गाउँपालिका, सल्यानमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे नलगाड नगरपालिका , जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल