+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2024-UZEWEM
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण मुगु जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोला बस्तीमा आइतबार राति आगलागी हुँदा तीन घर जलेर नष्ट भए भने दुई बालबालिकाको ज्यान गयो । गाडेखोला टोलका तीन दाजुभाइको घरमा राति १ बजे आगलागी हुँदा लालु सञ्ज्यालका १४ वर्षका छोरा विशाल र १२ वर्षकी छोरी झरनाको जलेर मृत्यु भएको थियो । यसअघि गत कात्तिक १७ गते सदरकाम गमगढीस्थित कालिका मालिका मन्दिरमुनिको बजारमा आगलागी हुँदा ८ घर जलेका थिए । अघिल्लो वर्ष गमगढीको तल्लो बजारमा आगलागी हुँदा २१ घर जल्दा ३२ करोड भन्दा बढीको धनमाल क्षति भएको थियो । खत्याड गाउँपालिकामा ५ वर्षयता चार वटा आगलागीका घटनामा ठूलो धनजनको क्षति भएको छ । दमकल नहुँदा समयमै आगो नियन्त्रणमा लिन नसक्दा यहाँ मानिसको मृत्यु देखी धनजनको समेत क्षती ब्यवहोर्नुपरेको भए पनि स्थानीय पालिकाले भने खासै चासो दिएको देखिदैन । आगलागी घटना न्यूनीकरणका लागि स्थानीय सरकारले ध्यान नदिएको यो माथिको उदाहरणले नै प्रष्ट पारेको छ । आगलागी बाट वर्षेनि ठूलो क्षति ब्यर्होनु परे पनि स्थानीय सरकार मौन रहेको छ । आगो निभाउने कुनै स्रोत साधन नहुँदा बस्ती घर जोगाउन कठिन हुने गरेको छ । जिल्लामा अहिलेसम्म एउटा पनि दमकल छैन । आगलागी भए पछि स्थानीय सुरक्षाकर्मी जम्मा भएर पाइप, गाग्री, जर्किन सहायताले आगो निभाउने गरेका छन् । आगो नियन्त्र लागि छायाँनाथ रारा नगरपालिकाले दोस्रो कार्यकालमा दमकल खरिद गर्ने भने पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । आगलागीबाट घर जलेर खरानी भई अर्काको सहारामा बस्दै आएका पीडित परिवारलाई पुनर्बासमा फर्किन सकस छ । करिव डेढ वर्षसम्म त्रिपालमै बसेर बल्ल घर निर्माण गरेर बस्नुपर्ने अवस्था आएको भए पनि स्थानीय सरकार रमिते भइ बसिरहेका छन् । आगलागी पीडितलाई संघसस्था र सरकारी निकायबाट तत्कालीन रुपमा राहत उपलब्ध गराए पनि पुनर्बासको लागि सरकारले आवश्यक व्यवस्था नगरिदिँदा जोखिम मोलेर बस्न बाध्य हुने गरेको हुँदा आवश्यक कायार्थ एवं ध्यानाकर्षणको लागी मुगुको छायाँनाथ रारा नगरपालिकाको गर्नुहुन अनुरोध छ ।
कार्यहरू
यस नगरपालिकाको लागि दमकल खरिद प्रक्रियामा रहेको जानकारी प्राप्त भइ यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे खत्याड गाउँपालिका, मुगु, छायाँनाथ रारा नगरपालिका, मुगुमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल