| तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | |
| ट्र्याक नम्बर | 02-2024-UTBC79 | 
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग | 
| गम्भीरता | जरुरी | 
| गुनासो स्रोत | मोवाईल एप | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सरकारको मुख्य प्राथमिकता अझैँ पर्न नसकेको भेरी करिडोरमा निर्माण हुने पुलमा समेत बदमासी हुँदै आएको छ । पक्की पुलको ठेक्का लिएको निर्माण व्यवसायीको चरम ढिला ,सुस्तीले गर्दा भेरी करिडोरको मात्रा मृत्यु मार्ग जस्तै बन्न पुगेको छ । आधा दर्जन पुल ठेक्का लागेपनि बिभिन्न बहानामा अलपत्र पारेपछि भेरी करिडोरमा यात्रा गर्ने यात्रुहरुलाई हैरानी हुँदै आएको हो । भेरी करिडोर भित्रको ५६ किलोमिटर भित्र यति बिल्डर्सले लिएको काम भारी मात्रामा गतीका साथ भएपनि सोही मार्गको बीचमा निर्माण हुने पुलहरुको काम नहुँदा भेरी करिडोर सडकको कामले गती लिन सकेको छैन । क्याराभान हिराचन जेभिले २०७७ माघ २ गते लिएको पुलको काम अझैँ सुरु भएको छैन । उक्त जेभीले जाजरकोटको नलगाड नगरपालिकाको नलगाड खोला, झुर्मेखोलाको पक्की पुलको ठेक्का लिएको थियो । त्यस्तै उक्त जेभीले २०७७ माघ २ नै भेरी करिडोरकै नलगाड नगरपालिका ९ को त्रात्रखोला , वडा नम्बर ८ को मैदेखोला , वडा नम्वर ११ को ताक्सुगाड चौखामा ठेक्का लिएको थियो । यि पुलहरु भेरी करिडोरका लाइफ लाइन हुन् । सडक विभाग बबरमहलमा काठमाडौँमा अहिले पुलको लिष्ट बाहेक अन्य केही पनि पाइदैन । सरकारी संयन्त्रले पुल निर्माणबारे कुनै पनि चासो दिएको देखिदैन । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, उपनिर्देशक ललिजन खनाल लगायतले लामो समयदेखि अलपत्र परेका पुल निर्माणमा ध्यान दिन भेरी करिडोर सडक आयोजनालाई निर्देशन दिइएको भएपनि अवस्था अझै भद्रगोल छ, उस्तै छ । काम नगर्ने निर्माण व्यवसायीलाई ठेक्का माथी ठेक्का थुपारेर जिल्लाको विकास निर्माणमा बाधा पुगेको हुँदा सो, सम्बन्धमा सडक बिभागको ध्यानाकर्षण गर्नुहुन यो गुनासो टिपाइएको छ । त्यस्तै, नलगाड नगरपालिका–१२ को तल्लु स्थित भेरी नदिको पुल र डोल्पा त्रिपुरासुन्दरी नगरपालिकाको खदाङ र छलगाडको पुलको डिजाइन स्टामेट पास भएपनि काम अझै सुरु हुन नसकेको हुँदा त्यस तर्फ समेत सम्बन्धि निकायको ध्यानाकर्षण होस् । | 
| कार्यहरू | तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग, बबरमहल, काठमाडौं, नलगाड नगरपालिका , जाजरकोट, त्रिपुरासुन्दरी नगरपालिका, डोल्पामा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 यो गुनासो प्रमाणीकरण गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 | 
 
                    