| तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | |
| ट्र्याक नम्बर | 02-2024-T36UK9 | 
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग | 
| गम्भीरता | जरुरी | 
| गुनासो स्रोत | मोवाईल एप | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | जाजरकोटका तीन पालिकामा प्रदेश सरकारले निर्माण गर्न लागेका सडक, पुलहरुको ठेक्का लागेको लामो समय भए पनि निर्माण व्यवसायीले काम नगर्दा सर्वसाधारणले हैरानी खेप्नुपरेको हुँदा सहरी बिकाश मन्त्रालयको ध्यानाकर्षण गर्न यो गुनासो टिपाइएको छ । कतिपय ठाउँमा पुल निर्माण नहुँदा मानिसको अकालमै ज्यान गएको हुँदा सम्बन्धि निकायको ध्यानाकर्षण होस् । जिल्लाको नलगाड नगरपालिका, जुनिचाँदे गाउँपालिका र छेडागाड नगरपालिकामा नेपाल मेघा सिस्ने जेभीले लिएका ठेक्का अलपत्र परेका छन् । कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जाजरकोटस्थित पूर्वाधार विकास कार्यालयमार्फत ती ठेक्का भएको थियो । बहुवर्षे नाम दिएको ठेक्काको काम सुरु नहुँदा सरोकारवालालाई टाउको दुखाइको विषय बनेको छ । निर्माण व्यवसायीलाई काम गर्न पटकपटक कार्यालयले पत्र काट्छ, निर्माण व्यवसायी हुन्छ भन्छन् तर काम गर्दैनन् । जाजरकोटमा मात्र तीन वटा ठेक्का अलपत्र पार्ने नेपाल मेघा सिस्ने जेभीले अन्यत्र के गरेको होला खोजीको विषय बनेको छ । तीन करोड ९८ लाखमा नलगाड नदी माथि नलगाड नगरपालिका –५ सिर्के र बारेकोट गाउँपालिका–८ साघुतरामा पुल अलपत्र परेको छ । यसको म्याद सकिएको छ महिना भइसकेको छ । त्यहाँ अहिलेसम्म काम सुरु नै भएको छैन । त्यस्तै छेडागाड नगरपालिकाको साल्म खोलामा रहेको पुल समेत अलपत्र छ । रु ४८ करोड ८० लाख १५ हजार निर्माण हुने उक्त पुलको ठेक्का समेत यही जेभीले पाएको छ । विसं २०७८ साउन २९ मा पुल निर्माण सम्झौता भएको थियो । यही माघ २८ गते म्याद सकिँदैछ । कामको प्रगति भने तीन प्रतिशत मात्र भएको देखिन्छ । यो पश्चिम जाजरकोटमा पर्ने छेडा–जुम्ला सडकको मुख्य पुल हो । यो पुल निर्माण नहुँदा पश्चिम क्षेत्रको यातायात सेवा प्रभावित हुँदै आएकोले अविलम्ब ध्यानाकर्षण होस् भनी यो गुनासो टिपाइएको छ । | 
| कार्यहरू | तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, पुर्वाधार विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, जुनीचाँदे गाउँपालिका, जाजरकोट, छेडागाड नगरपालिका, जाजरकोट, नलगाड नगरपालिका , जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 यो गुनासो प्रमाणीकरण गरिएको छ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 | 
 
                    