+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2024-S57M8K
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण माथिल्लो हुम्लाका स्थानीयवासीहरूले भाडा महँगो तिर्नु पर्ने बाध्यता रहेको पाइएको हुँदा नियमित अनुगमन गरी ठगी गर्ने सवारीसाधन माथि कार्वाही गर्नुहुन आवश्यक कायार्थ गरी पाउँ । यातायात व्यवसायीहरूले मनोमानी भाडा असुल्ने गरेको देखिन्छ । हुम्लाको सिमकोटबाट नेपालगन्जसम्म पुग्न एघार हजार आठ सय रुपियाँ तिर्नु पर्ने बाध्यता रहेको छ । जब कि सिमकोटबाट नेपालगन्ज हवाई मार्गबाट जान पाए नौ हजार दुई सयमा पुगिन्थ्यो । यातायात व्यवसायीले मनोमानी भाडा असुल्ने भएको कारण पैदल मार्गका यात्रुहरू मर्काको पर्ने गरेको हुँदा नियमित अनुगमन गरी आवश्यक कार्वाही गर्नुहुन अनुरोध छ । सिमकोटबाट सुर्खेतसम्म एउटा जिपले एकतर्फी रूपमा मात्रै एकाउन्न हजार रुपैयाँसम्म भाडा असुल्ने गरेको पाइएको हुँदा सम्बन्धि निकायको ध्यानाकर्षणको लागी यो गुनासो टिपाइएको छ ।
कार्यहरू
तँपाइकाे गुनासाे यातायात व्यवस्था कार्यालय, विरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल