+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2024-OAB1H2
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता तुरुन्त
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण जिल्ला अदालत सुर्खेतले १५ वर्षअघि १७ वर्षीय राजबहादुर मल्लको हत्या अभियोगमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनकी केन्द्रीय अध्यक्ष समेत रहेकी पञ्चा सिंह लगायत ६ जनाविरुद्ध १० दिनअघि पक्राउ पूर्जी जारी गरे पनि सुर्खेत प्रहरीले भने निजहरूलाई पक्राउ गर्न कुनै तत्परता नदेखाएको हुँदा अदालतको आदेशलाइ अवज्ञा गर्ने सुर्खेत प्रहरीमाथि आवश्यक कार्वाही गर्न लेखी पठाउँ । मल्लको हत्या संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गर्न अदालतले गत माघ ५ गते शुक्रबार अनुमति दिएको थियो । सिंहलाई सुर्खेत प्रहरीले फरार आरोपीको सूचीमा राखे पनि १० दिन बितिसक्दा समेत अहिलेसम्म नियन्त्रणमा लिइ कार्वाही अघि बढाइएको छैनन् । उनी दैनिकजसो सार्वजनिक कार्यक्रममा सहभागी भइरहेकी हुन्छिन् । तर, प्रहरीको नजरमा भने उनी फरार नै छिन् । १७ वर्षीय मल्ल उच्च शिक्षाका लागि सुर्खेत आएको बेला २०६५ फागुन २६ फागुनको बेलुका ८ बजेतिर सुर्खेत बसपार्कमा मल्लमाथि खुकुरी प्रहार भएको र सो, घट्नामा अदालतले सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको भए पनि पक्राउ गर्न कुनै चासो नदिएको हुँदा ध्यानाकर्षण गराइ पाउँ ।
कार्यहरू
तँपाइकाे गुनासाे जिल्ला प्रहरी कार्यालय सुर्खेत, कर्णालीमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल