+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2024-NC1Z05
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण डोल्पामा सरकारी अनुदानको चामल नआएको पाँच वर्ष भएको छ । उपल्लो डोल्पाका बासिन्दाले चरम खाद्यान्नको संकट व्यहोरिरहेको पाँच बर्ष बितिसक्दा समेत सरकारले डोल्पाका नागरिकको समस्या समाधान गर्न कुनै चासो दिएको छैनन् । एक हप्ताभन्दा बढी हिँडेर सदरमुकाम दुनै पुग्नुपर्ने बाध्यता रहेकोे उनीहरूलाई महँगोमा खाद्यान्न किनेर छाक टार्नुपर्ने बाध्यता छ । २०७६ साल देखि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्न पठाएको छैन। मुलुकका अरू सबै बिक्री केन्द्रमा अनुदानको नुन/चामल पठाए पनि उपल्लो डोल्पामा कम्पनीले हेलचेक्र्याइँ गरिरहेको छ। अहिले उपल्लो डोल्पामा पर्छन–शे–फोक्सुण्डो , डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकामा खाद्यान्नको चरम संकट देखापरेको छ । त्यस मध्य साल्दाङ, भिजेर, कु, सिमेन्ट गाउँहरू निकै विकटमा छन् । अनुदानको नुन, चामल नआउँदा खाद्यान्न अभावसँगै चर्को मूल्यवृद्धिको सामना गर्नु परिरहेको हुँदा सम्बन्धि निकायको ध्यानाकर्षण गराइ पाउँ ।
कार्यहरू
यस गुनासो सम्बन्धमा खाध्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतमा सम्पर्क गर्दा तिब्बत सँगको नाका खुल्न नसकेका कारण आपूर्तिमा समस्या रहेको हो, साथै साल्दाङमा चामल पुर्याइसकिएको र केही दिनमै प्रधान कार्यालयबाट ढुवानीको सूचना प्राप्त हुने वित्तिकै चामल पठाइने जवाफ प्राप्त गरी गुनासो फर्छ्यौट गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल