| तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | |
| ट्र्याक नम्बर | 02-2024-M29GVS | 
| मिति | |
| स्थिति | फर्छ्यौट भएको | 
| गम्भीरता | जरुरी | 
| गुनासो स्रोत | मोवाईल एप | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | पर्यटन प्रवर्द्धनका लागि कर्णाली प्रदेशकै गौरवको आयोजनाका रूपमा लिइएको रारा पर्यटन पदमार्गको काम निकै सुस्त गतिमा चलेको छ। ठेकेदारका कारण पदमार्ग निर्माणको काम कछुवाको गतिमै सीमित रहेको हो। राराको पर्यटन प्रवर्द्धनका लागी आर्थिक वर्ष ०७८/८९ मा कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत रारा पर्यटन पूर्वाधार विकास कार्यक्रमका लागि पदमार्ग निर्माणको टेन्डर आह्वान भएको थियो। खानी थोदुङ क्याराभान जेभी प्रालिसँग ४५ करोड २९ लाख १० हजार रुपैयाँमा सम्झौता भएको थियो। सोही आर्थिक वर्षबाट काम थालनी गरी २०८३ सालमा आयोजना सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म पदमार्गको ६.९ किलोमिटरमा ढुंगा बिच्छ्याउने काम मात्रै भएको छ। सम्झौताअनुसार १४ किलो मिटर पदर्मागमा १५ सेन्टिमिटर ढुंगा बिच्छ्याउनु पर्ने र १० सेन्टिमिटर पीसीसी गर्नुपर्ने छ। हालसम्म केही काम भए पनि सन्तोषजनक छैनन् । डिभिजन वन कार्यालयबाट ८ करोड रुपैयाँ पेस्की लगिएको छ। पेस्की लिएर पनि एक वर्षसम्म ठेकेदारले काम नगरेको पाइएको हुँदा यस्मा कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन जरुरी छ । | 
| कार्यहरू | उक्त गुनासोको जवाफसहितको पत्र प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 डिभिजन वन कार्यालय मुगु मार्फत काम भएकोले सोही कार्यालयलाई आवश्यक बेहोरा खुलाइ पढाउनको लागि पत्र पठाइएको छ भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 यो गुनासो प्रमाणीकरण गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 | 
 
                    