+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2024-LVGAZ0
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण सुर्खेत वीरेन्द्रनगरको मंगलगढी-काँक्रेविहार सडक अलपत्र पारिएको छ । सुर्खेतको प्रमुख पर्यटकीयस्थल काँक्रेविहार जाने सडक वर्षौंदेखि अलपत्र पारेको हुँदा आवश्यक कार्वाहीको लागी पठाइदिनुहुन अनुरोध छ । अमर-सिस्ने नेपाल-मेघा कम्पनीलाइ पटक-पटक ताकेता गर्दा पनि काम गरेको छैनन् । लाटीकोइली क्षेत्रका नागरिकका साथै काँक्रेविहार हेर्न आउने पर्यटकलाई सडकको नाजुक अवस्थाले दुःख दिने गरेको छ । सडक निर्माणमा ठेकेदार कम्पनीले चरम लापरबाही गरेको, काम गर्छु भन्दै झुक्याएको र अटेरी गरेका छन् । सडक स्तरोन्नति लागि अमर-सिस्ने नेपाल-मेघा कम्पनीसँग २०७८ मंसिरमा सम्झौता गरेको थियो । सम्झौता अनुसार कम्पनीले १५ असार २०८० सम्म काम सम्पन्न गरिसक्नुपर्ने थियो । तर, उक्त मितिमा काम हुन नसकेपछि सडक स्तरोन्नतिका लागि पुनः म्याद थप गरिएको थियो । २४ सय मिटर सडकको काम अहिलेसम्म ४३ प्रतिशत मात्र सकिएको छ । कम्पनीले हालसम्म २ करोड ७७ लाख रूपैयाँ भुक्तानी लिएको छ । सो कम्पनीले १२ करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको थियो । उक्त सडकको धुलो र हिलोबाट स्थानीयले विगत ५-७ वर्ष देखि सास्ती खेप्दै आएको देखिन्छ । लाचारी सरकार र अटेरी ठेकदारका कारण जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड भइरहेको छ । मंगलगढीदेखि काँक्रेविहार जोडने यो सडकमा दैनिक सयौंको संयामा सवारी साधन ओहर-दोहर गर्छन् । प्रदेशको प्रमुख पर्यटकीय स्थल काँक्रेविहार र नजिकै रहेको शिव मन्दिर दर्शनका लागि आन्तरिक तथा बाहृय पर्यटकहरू आउने गरेका छन् । प्रदेश राजधानीको यो सडकले पर्यटकलाई समेत सास्ती दिने गरेको छ । यो सडक हुँदै तल्लो सुर्खेततर्फ ठूला ट्रक, टिपर पनि ओहर-दोहर गर्दछन् । तल्लो सुर्खेतबाट निर्माणका सामग्री ल्याउनका लागि जब ट्रकहरूको लस्कर लाग्छ, त्यो बेला सडक पुरै धुलोले ढाक्छ भने पैदल यात्रुहरू आँखा चिम्लिँदै नाक-मुख छोपेर हिँड्नुपर्छ । मंगलगढीबाट दक्षिण तर्फ पर्ने यो सडकको ट्रयाक खुलेको पञ्चायतकालमै हो । तर पनि अहिलेसम्म सडकको अवस्था सुध्रिएको छैन । सडकमा अहिलेसम्म नाला निर्माण, फिलिङ गर्ने लगायतका कामहरू मात्रै भएका छन् । तर, ठेकदारका लापरबाहीका कारण पूर्वाधारका काम पनि जीर्ण बनिरहेका छन् । फागुनसम्म म्याद थप गरे पनि अहिलेसम्म काम सुरु भएको छैन ।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल