+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2024-H9F8L5
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण सल्यानको खलंगा–नेपालगन्ज सडक अलपत्र परेको छ । द्रुत मार्गको नाम दिएर सुरु गरिएको सल्यान–नेपालगन्ज सडक ५२ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । सल्यानको खलंगालाई नेपालगन्जसँग जोड्न सडक निर्माण सुरु गरिएको थियो । सम्बन्धित निकायले विगतमा भौगोलिक विकटता देखाउँदै बजेट विनियोजन नगरेको र पछिल्लो समयमा बजेट विनियोजन गरे पनि मध्यवर्ती तथा बाँके राष्ट्रिय निकुञ्ज सीमा क्षेत्रका कारण काम अगाडि नबढ्दा सडक अलपत्र परेको छ । सल्यानको खलंगाबाट तुलसीपुर हुँदै नेपालगन्ज जाँदा २ सयभन्दा बढी किलोमिटर पर्ने र खलंगा–मार्के–कालिमाटी–घुइयाबारी–खर्कवार–चप्परगौरी भएर जाँदा ८४ किलोमिटर पर्ने भएकाले २०२८ सालमा वनमन्त्री नेवबहादुर मल्लका पालामा द्रुत मार्गको नामकरण गरेर यो सडक खन्न सुरु गरिएको थियो । मल्ल मन्त्री भएको बेला स्थानीय श्रमदानमा खलंगा–मार्के–लक्ष्मीपुरसम्म करिब १५ किलोमिटर ट्र्याक खनिएको थियो । आव २०५७ मा तत्कालीन जिल्ला विकास समितिले विश्व खाद्य कार्यक्रमबाट खलंगा–मार्के–लक्ष्मीपुर रुट परिवर्तन गरेर सालचौर–जुगेना हुँदै उक्त सडक खन्न सुरु गरेकामा अहिले सम्म खलंगादेखि कालिमाटी गाउँपालिका दम्दवालीसम्म ४० किलोमिटर र बाँकेको चप्परगौरीसम्म १४ किलोमिटर मात्रै काम सम्पन्न भएर नियमित गाडी चल्दै आएका छन् । अहिलेसम्म मध्यवर्ती सीमा क्षेत्र तथा बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने १५ किलोमिटर क्षेत्रमा अहिलेसम्म ट्र्याकसमेत खुल्न सकेको छैन । खलंगादेखि कालिमाटी गाउँपालिकाको दम्दवालीसम्म सम्बन्धित निकायले बेलाबेलामा गरी ३० करोड भन्दा बढी खर्च गरिसकेको छ । यसपालि मध्यवर्ती तथा निकञ्ज क्षेत्रमा ट्र्याक खन्न सरकारले ४० करोड रुपैयाँ विनियोजन गरेको छ । तर, कामले गति लिएको छैन । लामो समयदेखि ट्र्याक समेत खुल्न नसकेपछि सल्यान–खलंगा आसपासका स्थानीयलाई भन्दा कालिमाटीका स्थानीयलाई नेपालगन्ज जान धेरै सास्ती हुने गरेको छ । कालिमाटी गाउँपालिकाका चार वडाबाट दिनभरिमा नेपालगन्ज घुमेर घर फर्किन सकिने भए पनि दाङ र सुर्खेत भएर २ सय बढी किलो मिटर पार गरेर जानु पर्दा दिनभरि लाग्ने गर्छ । यसले गर्दा उक्त क्षेत्रमा कोही बिरामी भएमा उपचार गर्नका लागि अस्पतालसम्म लैजान झनै सास्ती हुने गरेको हुँदा आवश्यक कायार्थ भौतिक पुर्वाधार मन्त्रालयको गर्नुहुन ध्यानाकर्षण सहित यो गुनासो टिपाइएको छ ।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल