+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2024-H47YAZ
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता तुरुन्त
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण कर्णाली राजमार्गको पादुका खोलादेखि सुर्खेततर्फको क्षेत्रमा अत्यधिक धुलो र हिलोले सास्ती भएको छ । पक्की बाटो बिग्रेर झण्डै तीनवर्षदेखि कच्ची सडक बनेको छ । तर, बेलैमा मर्मत हुन नसक्दा यात्रुले सास्ती खेप्नुपरेको छ । कर्णाली राजमार्गको एक सय ३२ किलोमिटर मध्ये दैलेखखण्डको पादुका खोलादेखि पाल्तडासम्मको १२ किलोमिटर सडक क्षेत्रमा पर्ने कच्चीबाटोमा घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्या बल्झिरहने गरेको छ । पादुका खोला दैलेख जिल्लाको भैरवी छहराबाट उद्गम भएर पादुकास्थान हुँदै कर्णाली नदीमा मिल्ने खोला हो । कर्णालीको जीवनमार्गको रुपमा रहेको कर्णाली राजमार्गमा दैनिक गुडिरहने गाडी अनि नेपालको सबैभन्दा ठूलो रारातालमा घुम्न पुग्ने पर्यटकलाई लागि बाटोले सास्ती दिने गरेकाे छ। जोखिम हुँदा पनि सम्बन्धित निकायबाट कुनै पहल भएको देखिन्न । कर्णाली राजमार्गको सुर्खेतबाट दैलेख दहीखोला सम्मको एक सय ३२ किलोमिटरको सडक–सडक डिभिजन कार्यालय सुर्खेत र दही खोलादेखि जुम्ला सम्मको खण्ड सडक डिभिजन कार्यालय जुम्लाको जिम्मामा छ । यस अन्तर्गत अहिले दैलेख खण्डमा सबैभन्दा धेरै धुलाम्मे सडक छ । मर्मतका लागि कामको जिम्मा लिएको निर्माण व्यवसायीले निर्माण समयमै नगरेपछि समस्या भएको हो । थेगिम–मजदुर –नाम्जिला आकांक्षा जेभी निर्माण व्यवसायीले तीन ठाउँमा ३१ किलोमिटर सडक मर्मत गर्ने भनेर २०७८ असोज २२ गते ११ महिना लागि सम्झौता गरेको तर काम अहिलेसम्म हुन सकेको छैनन् ।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, पुर्वाधार विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल