+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2024-GR6742
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण कर्णाली प्रर्देशकाे विकट हिमाली जिल्ला मुगु अस्पतालमा एक्सरे मेसिन बिग्रिए मर्मत कार्य नहुँदा बिरामीलाई सास्ती भएको छ । मुगु जिल्लाकै एक मात्र अस्पतालमा रहेको एक्सरे मेसिनको इमेज क्यासेट बिग्रिएपछि बिरामीलाई एक्सरे गर्न कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठान जुम्लामा पठाउनुपफ्ने बाध्यता रहिआएको हुँदा सम्बन्धि निकायको ध्यानाकर्षण गराउनुहुन यो गुनासो टिपाइएको छ । उक्त एक्सरे मेसिनको इमेज क्यासेट विद्युततिय भाेल्टेज अनियमित भई बिग्रेकाे र करिब २ लाख ५० हजार जति रकम खर्च गर्न लाग्ने र सो रकम अस्पतालले ब्यावस्थापन गर्न सक्ने भए पनि विद्युतीय भाेल्टेजकाे कारण फेरि एक्सरे मेसिन बिग्रने र अनियम एक्सरे मेसिन मर्मत कार्य हुन नसक्दा समान्य चाेटपटक लगायत अन्य रोगका बिरामीलाई एक्सरे गर्न जुम्ला पुग्नु पर्ने बाध्यता रहेकाे हुँदा ध्यानाकर्षण गराइन्छ । जिल्लाका दुरदराजबाट उपचारको लागि जिल्ला अस्पताल ठिनी आउने बिरामी एक्सरे मेसिन अभावले अन्याैलमा पर्ने गरेका छन् । अस्पतालमा एक महिनादेखि बिग्रिएको एक्सरे मेसिन मर्मत कार्यको लागि पहल गर्नुहुन अनुरोध छ । जिल्ला अस्पताल ठिनी बाहेक एक्सरेकाे कुनै विकल्प मुगु जिल्लामा नभएपछि मुगुका बिरामीलाई जुम्ला जान आउन सवारी साधन भाडा र होटल खर्च गरी न्यूनत्तम ७ हजारभन्दा बढी रकम लाग्ने गरेको छ । २०६३ सालमा जिल्लाका साविकका गम, साेरू, खतेड र करान भेगका जनताहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले स्थापना भएको थियाे । जिल्ला अस्पताल बिरामीको लागि अझै ब्यवस्थित र भरपर्दो हुन सकेको छैन । कोरियन सरकारले अस्पतालको भौतिक पूर्वाधार निर्माण गरिदिए पनि आन्तरिक रुपमा जनशक्ति अभाव फार्मेसी सेवा संचालन र रक्तसंचार केन्द्र नहुँदा बिरामी मर्कामा पर्दै आएका छन् ।
कार्यहरू
तँपाइकाे गुनासाे जिल्ला हस्पिटल मुगु, गमगढीमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे जिल्ला हस्पिटल मुगु, गमगढीमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल