+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2024-G0K76N
मिति
स्थिति समाधान नहुने
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण अछाम जिल्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियतमा पठाउने चामल ठेकेदार आफैँले बेच्दै आएका छन् । उनीहरूले व्यापारीसँगको मिलेमतोमा सहुलियतको चामल महँगोमा बेच्ने गरेका हुन् । प्रत्येक वर्ष जिल्लाका कमलबजार, रामारोशन र विनायकका लागि आपूर्ति हुने चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जिल्ला कार्यालयसँगको समन्वयविना नै ठेकेदार कम्पनीले सीधै व्यापारीलाई बेच्ने गरेको पाइएको छ । जिल्लाका दुर्गम गाउँका सर्वसाधारणलाई लक्षित गरेर खाद्य कम्पनीले सदरमुकाम मंगलसेनमा रहेको शाखा कार्यालय सहित कमलबजार, रामारोशन र विनायकका लागि प्रत्येक वर्ष चामल पठाउँछ । कम्पनीले पठाउने न्यून मात्राको चामल नै सीधै व्यापारीको पसलमा पुगेपछि उनीहरूले त्यही चामल मूल्य बढाएर बेच्ने गरेको गुनासो सुन्नमा आएको हुँदा सम्बन्धि निकायको ध्यानाकर्षण गर्नु आवश्यक देखिन्छ । मंगलसेनबाहेक अन्य डिपोमा चामल सम्बन्धित ठाउँमा पुगे–नपुगेको तथा बिक्री भए–नभएको जानकारी नै दिदैन । त्यसो त खाद्य कम्पनीले समेत डिपोहरूमा चामल बिक्री–वितरणको अवस्थाबारे वास्ता गर्दैन । डिपोको निगरानी गर्नेबारे कुनै निर्देशन नै नहुँदा कैयौँ गुनासो सुन्दा सुन्दै पनि चुप लागेर बस्नुपरेको छ । अहिलेसम्म सम्बन्धित ठेकेदार कम्पनीले उपलब्ध गराएको प्रतिवेदनका आधारमा केन्द्र बाटै चामलको कोटा निर्धारण गरेर आपूर्ति गर्ने परिपाटी छ । यहाँ पुग्ने सहुलियतको चामलसमेत सम्बन्धित ठाउँका जनप्रतिनिधि, प्रहरी र स्थानीय अगुवाको रोहवरमा मात्रै बेच्न पाउने प्रावधान भए पनि यसबारे ठेकेदार र व्यापारीले कसैलाई पनि जानकारी नदिएरै मूल्यमा बदमासी गरेर महँगोमा बेच्ने गरेका छन् । सदरमुकाम मंगलसेनबाहेक कमलबजार, विनायक र रामारोशनमा डिपोको जिम्मा स्थानीय व्यापारीलाई दिइएको छ । त्यहाँ सहुलियतको चामल बेच्ने ठाउँमा खाद्य कम्पनीको बोर्ड र मूल्यसूचीविना नै व्यापारीले पसलकै चामलसरह महँगोमा बेच्दै आएका छन् । चालू वर्षमा मंगलसेनका लागि तीन हजार, रामारोशनका लागि पाँच सय, कमलबजार र विनायकका लागि समान दुई सय ५० क्विन्टल चामलको ठेक्का स्वीकृत भइसकेको छ । त्यसमध्ये रामारोशनमा तीन सय तथा कलबजार र विनायकमा सय–सय क्विन्टल चामल ढुवानी भएर व्यापारीले बेचिसकेका छन् । उनीहरूले ५५ रुपैयाँ किलोमा बेच्नुपर्ने मोटो चामल ६० रुपैयाँमा र ९३ रुपैयाँमा बेच्नुपर्ने जिरा मसिनो चामल सय रुपैयाँमा बेच्ने गरेको गुनासो आएको हुँदा सम्बन्धि निकायको ध्यानाकर्षण हुनु अत्यन्तै आवश्यक देखिन्छ ।
कार्यहरू
यो गुनासो कर्णाली प्रदेशको कार्यक्षेत्र भित्र नभई सुदुरपश्चिम प्रदेशको कार्यक्षेत्र भित्र पर्ने भएको हुँदा यो गुनासो समाधान हुन सक्दैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि., सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल