+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2024-DLSXXH
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता साधारण
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण जाजरकोटको जुनीचाँदेमा दुई महिना देखि औषधि अभाव भएता पनि हालसम्म आपूर्ति हुन सकेको छैन । भूकम्पपछि त्रिपालको बसाइँका कारण रुघाखोकी, टाउको दुख्ने र पखाला लाग्ने समस्या भए पछि स्थानीय गर्खाकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्र गएर औषधि नपाउँदा निराश भएर घर फर्कनु बाध्य भएका छन् । चिसोले धेरैलाई बिरामी पारेको बेला जुनीचाँदे गाउँपालिकामा औषधि अभाव हुँदा स्थानीयलाई निकै समस्या परिरहेको छ । लामो समय बितिसक्दा पनि औषधीको आपूर्ति हुन सकेको छैन । स्वास्थ्य संस्थामा जीवनजल र सिटामोल समेत पाइँदैन । भूकम्पले घरमा क्षति पुगे पछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाँउपालिकाका बासिन्दा बिरामी भएर स्वास्थ्य संस्था जाँदा पनि औषधि पाउन सकेका छैनन् । चिसोले गर्दा रुघाखोकी, निमोनिया, पखाला, टाउको दुख्ने, ज्वरो आउनेलगायतका समस्या लिएर बिरामीहरू स्वास्थ्य संस्था जाने गरेका छन् तर औषधी नहुँदा बिरामी रित्तो हात फर्कन बाध्य भएको देखिन्छ । चिसोले गर्दा पखाला, ज्वरो, टाइफाइड, निमोनिया, दम लगायतका बिरामीको सङ्ख्या बढिरहेको छ तर औषधि छैन । जुनीचाँदेका ११ ओटै स्वास्थ्य संस्था ६ महिनादेखि औषधिविहीन छन् । यस आर्थिक वर्षमा औषधि आपूर्ति हुन सकेको छैन । साउन यता पालिकाले औषधि खरिद गरेको छैन भने सङ्घ र प्रदेश सरकारले पनि औषधि पठाएको छैन । चिसोका कारण निमोनिया, झाडापखाला, दम, रुघा खोकी लगायतको श्वासप्रश्वास सम्बन्धी समस्या बढ्दै गएको भए पनि औषधि नहुँदा उपचार गर्न समस्या भएको छ । चिसोले सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित भएका छन् । औषधि नहुँदा कतिपय बिरामीहरू स्वास्थ्य संस्था नआएर घरेलु उपचारमा लाग्ने गरेको देखिन्छ ।
कार्यहरू
तँपाइकाे गुनासाे जुनीचाँदे गाउँपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल