+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2024-7PSAL2
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण कर्तव्यपालनको सिलसिलामा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने ब्यक्तिलाई कानुनसम्मत नियन्त्रणमा लिई कार्वाही गरी पाउँ भन्ने ब्यवहोराको मेरो गुनासो छ । ईलाका प्रहरी कार्यालय बाँफिकोट गाउँपालिका–३, स्यार्पुमा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्कालाई ड्युटीमा नै आक्रमण गरी घाइते बनाउने ब्यक्तिलाई खोजतलास गरी प्रचलित कानुन ऐनले दिएको अधिकार समेतको प्रयोग गरी हदैसम्मको कार्वाही गरियोस् । जनताको जीउधनको रक्षाका निमित्त ओहोरात्र खट्ने राष्ट्रसेवक प्रहरी कर्मचारीको कामकारबाहीमा बाधा पुर्‍याउने, मनोबल गिराउने तथा शान्तिसुरक्षा अमन चैयनमा दिनरात सडकमा खटिने प्रहरी कर्मचारीलाई हतोत्साहित बनाउने उद्देश्यका साथ केही अपराधीक गतिविधि भएका ब्यक्तिले प्रहरी कर्मचारीमाथि आक्रमण गरी घाइते बनाएको पाइएको हुँदा दोषी जोकोही भए पनि पहिचान गरी कानुनी कठघरामा उभ्याइ भबिष्यमा यस्ता घट्ना हुन नदिनेतर्फ सजग हुन जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कायार्थ गरियोस् ।
कार्यहरू
तँपाइकाे गुनासाे बाँफिकोट गाउँपालिका, रूकुम(पश्चिम), जिल्ला प्रहरी कार्यालय, रूकुम, पश्चिममा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल