| तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | |
| ट्र्याक नम्बर | 02-2024-72EEBH | 
| मिति | |
| स्थिति | फर्छ्यौट भएको | 
| गम्भीरता | अति जरुरी | 
| गुनासो स्रोत | वेब एप | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | मुगु जिल्लाको सदरमुकाम गमगढी क्षेत्रका सीसीक्यामेरा बिग्रिएपछि अझैसम्म मर्मत हुन सकिरहेको छैन । गमगढीमा बिग्रिएका सीसीक्यामेरा मर्मतमा ढिलाइ भएको हो । छायाँ नाथरारा नगरपालिकाले आर्थिक वर्ष २०७६/२०७७ मा ९ लाख ९५ हजार रकमबाट खरिद गरी गमगढी बजारको अदालत चोकदेखि महाकाली माध्यमिक विद्यालयको गेटसम्म जडान गरिएका १९ वटा सीसी क्यामेरा बिग्रिएपछि गत पुस महिनादेखि प्रयोगविहीन भएको हो । चोरी तथा अन्य अपराधका घटना नियन्त्रण तथा अनुसन्धान गर्न सुरक्षाकर्मीलाई सहज होस् भन्ने हिसाबले नगरले जडान गरेको सीसीक्यामेरा बिग्रिएपछि समस्या उत्पन्न भएको छ । गमगढी बजारमा जडान गरिएका १९ वटा सीसीक्यामेरा बिग्रिएको छ । बिग्रिएका सीसीक्यामेरा नगरले छिटो मर्मत गरी संचालन ल्याउनु पर्ने भए पनि ल्याइएको छैन । गत पुस पहिलो सातासम्म बजार क्षेत्रका ६ वटा सीसीक्यामेरा बिगिएका थिए भने अहिले सबै सीसीक्यामेरा बिग्रिएका छन् । सीसी क्यामेरा बिग्रिँदा चोरी घटना हुने आशंकामा व्यापारी चिन्तित छन् । बिग्रिएका सीसीक्यामेरा नगरले चाँडो मर्मत गर्नुपर्ने देखिन्छ । | 
| कार्यहरू | छायाँनाथ रारा नगरपालिका कार्यालयले सो सिसिक्यामेराको जिम्मेवारी जिल्ला प्रहरी कार्यालयलाई दिएको भएपनि मर्मतको जिम्मा नगरपालिकाको भएको र सो सिसिक्यामेराहरुको मर्मत गर्न आवश्यक सामाग्री यस स्थानमा नपाउने तथा सामाग्री बाहिरबाट ल्याउनु पर्ने भएकोले मर्मत कार्यमा ढिलाई हुन गएको र हाल सो सामाग्रीको ढुवानी भैसकेकोले यथाशिघ्र गमगढी बजारको अदालत चोक देखि महाकाली माध्यमिक विद्यालयको गेटसम्म जडान गरिएका १९ वटा सिसिक्यामेरा सञ्चालनमा आउने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तँपाइकाे गुनासाे छायाँनाथ रारा नगरपालिका, मुगुमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 यो गुनासो प्रमाणीकरण गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 यो गुनासो प्रमाणीकरण गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 | 
 
                    