+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2024-60XM0Z
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता तुरुन्त
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण ट्रयाक्क खोलेको १० वर्ष भइसक्दा पनि हुम्लाको लिमी–लाप्चा सडक खण्ड अझै स्तरोन्नति हुन सकेको छैन। चीनसँग सीमा जोडिएको दुर्गम हिमाली जिल्ला हुम्लाको लाप्चा–केरमी सम्मको बाटोको ट्रयाक २०७० सालमा नै खोलिएको हो। एक दशक भइसक्दा पनि सडकको अवस्था उस्तै भएको हुँदा आवश्यक कायार्थ गरी पाउँ । मौसमी पर्यटकले भाडामा प्रयोग गर्ने जीपबाहेक सो खण्डमा सार्वजनिक सवारी साधन सञ्चालन हुँदैनन्। स्थानीयले प्रयोग गर्दै आएको पैदलबाटो लाई नै आधार मानेर २०६७ सालको भदौमा मोटर बाटो खन्न सुरु गरिएको थियो। जनश्रमदान र ब्रेकर बिनाको डोजरको सहायतामा ४ वर्ष लगाएर लाप्चा–केरमी सम्मको ७८ किलोमिटर सडक खण्डको ट्रयाक खोलिएको थियो। तत्कालीन समयमा बाटो बनाउने कामको जिम्मा लिएका स्थानीय समाजसेवी मंगल लामा निकै दुखको साथ ट्रयाक खोल्ने काम भए पनि बाटोको स्तरोन्नतिमा कुनै पनि सरकारको ध्यान नपुग्दा स्थानीयहरु अझै पनि सार्वजनिक यातायात प्रयोगबाट वञ्चित हुनुपरेको देखिन्छ । सुरुमा म्याचिङ फण्डको रुपमा नेपाल सरकारको १ करोड र ३ वटा गाउँ विकास समितिले २० लाख रुपैयाँ गरी १ करोड २० लाख रुपैयाँमा बाटोको ट्रयाक खोल्ने काम गरिएको थियो। ३ गाउँ विकास समितिका स्थानीय नागरिकको पहलमा सुरु गरिएको थियो। २०६७ साल भदौ अन्तिम सातामा पोखराको एच ए कन्स्ट्रक्सनबाट भाडामा ल्याएको डोजरलाई तातोपानी नाका हुँदै लाप्चा नाकामा पुर्‍याएको थियो। बिना इजिनियरिङ, बिना सर्वे खनेको बाटोमा झर्ने सुख्खा पहिरो लगायत अवरोधलाई २०६७ सालमा ल्याएको डोजरबाटै हटाउने गरिन्थ्यो। तर, सो डोजर पनि ३ वर्षदेखि बिग्रिएर सल्लीमा थन्किएको छ। तुमकोटस्थित कर्णाली नदी तार्ने क्रममा बीचैमा मेसिन बिग्रियो। तान्ने उपकरणको अभावमा वर्षातको समयभर मेसिन कर्णाली नदीमा रह्यो। नदीमा पानीको सतह घटेपछि मेसिन पानी बाहिर त निकालियो तर बनाउन धेरै खर्च लाग्ने भएपछि अहिले सल्लीमा नै थन्किएको छ। कैलाश मानसरोवर दर्शन गर्ने र लिमी उपत्यका घुम्न जाने मौसमी पर्यटकले रिजर्भ गरेका बेला लिमी–लाप्चा सडक खण्डमा गाडी चलाउँदै आएको हुँदा सडक बिभागको आवश्यक ध्यान जाओस् । ट्रयाक खुलेपछि सार्वजनिक यातायात सञ्चालन हुने आशमा बसेका लिमीवासीहरु अहिले पनि पैदलयात्रा गरि सदरमुकाम आउन बाध्य छन्। चुनावका बेला मत माग्न गाउँ पुग्ने नेताहरु ५ वर्ष फर्किंदैनन्। मुलुकमा लोकतन्त्र आयो, व्यवस्था परिवर्तन भयो, जनताका छोराछोरीले राज्य सञ्चालनको बागडोर समाते तर लिमीवासीको जीवनस्तरमा परिर्वतन आउन सकेको छैन। मुलुककै ठूलो उपत्यका लिमिवासी अहिले पनि सदरमुकाम सिमीकोट आउन एक साता लगाएर पैदल यात्रा गर्न बाध्य छन्। हिमपातका कारण वर्षमा ४ महिना मुस्किलले सवारी सञ्चालन हुने सो खण्डका बासिन्दाले कहिले चढ्न पाउलान् सार्वजनिक यातायात?
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, पूर्वाधार विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल